प्रवीण खतिवडा को ‘अकथ्य’ कथा संग्रह लोकार्पण

काठमाडौं- रंगकर्मी प्रवीण खतिवडाको कथासंग्रह ‘अकथ्य’ सार्वजनिक भएको छ । यो उनको पहिलो कथाकृति हो।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राजनीतिक विश्लेषक सिके लाल, साहित्यकार सगुना शाह, कलाकार सौगात मल्ल र खतिवडाले संयुक्त रूपमा कृतिकाे लोकार्पण गरे। यो कृतिमा खतिवडाका नौवटा कथा समावेश छन्।
कार्यक्रममा सिके लालले खतिवडाले आँसु, आवेग र परिवर्तनको चाहनाका कथा लेखेको र पाठकलाई सोच्न र यथास्थितिमाथि प्रश्न गर्न बाध्य पार्ने खालको भएको टिप्पणी गरे।
साहित्यकार सगुना शाहले कृतिभित्रका कथाहरू गम्भीर र गहन भएको चर्चा गरिन्।

Comments are closed.