Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित

Editorial Team by Editorial Team
November 30, 2025
in Book Releases, Literature, Nepal, News
0
डिल्लीराम शर्मा सङ्ग्रौलाको “प्राची का सूर्य´´ कवितासङ्ग्रह विमोचित
0
SHARES
20
VIEWS
Share on FacebookShare on Twitter
 काठमाडौँ,  डिल्लीराम शर्मा सङ्ग्रौलाको कवितासङ्ग्रह `प्राची का सूर्य´ आज ग्रिनलिफ क्याफे, पुतली सडक, काठमाडौँमा सार्वजनिक गरिएको छ। कार्यक्रमको अध्यक्ष त्रिभुवन विश्वविद्यालयका प्रिन्सिपल प्रा.डा. अक्कलदेव मिश्र हुनुहुन्थ्यो भने प्रमुख अतिथिमा प्राध्यापक एवं साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल हुनुहुन्थ्यो। पुस्तकमाथि समीक्षा पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विभागकी विभागीय प्रमुख डा. अम्बिका अर्यालले र त्रिभुवन विश्वविद्यालय हिन्दी केन्द्रीय विभागका प्राध्यापक विनाेदकुमार विश्वकर्माले गर्नुभएको थियो। डा. अर्यालले सङ्ग्रौलाका कविता पठनीय भएको र कविता पढ्दाखेरि विभिन्न स्वाद पाएको वर्णन गर्नुभयो। साथसाथै उहाँले आजभोलिको ट्रेन्ड (प्रवृत्तिलाई) अब उप्रान्तका कविताले समाओस् भन्ने सुझाव पनि दिनुभयो। अर्का समीक्षक विनोदकुमार विश्वकर्माले सङ्ग्रौलाका कवितामा भएका शब्द चयनको मुक्तकण्ठले प्रशंसा गर्दै कवितामा कतै भ्रष्टाचारप्रति तीक्ष्ण व्यङ्ग्य भएको, कतै सामाजिक असमानताप्रति असहमति भएको, कतै आमा-बुवा प्रति हार्दिकता भएको, भने कतै कोरोना र भूकम्पको त्रासदीको पनि मार्मिक वर्णन भएको बताउनुभयो। कार्यक्रममा जैन कवि कृष्ण प्रसाईले कविलाई शुभकामना दिँदै एउटा कविता वाचन गर्नुभएको थियो।
गर्नुभएको थियो।
त्यसरी नै उर्दु गजलकार मोबिन खानले शर्मालाई बधाई दिँदै विमाेचित पुस्तकबाट एउटा कविता वाचन गर्नुभएको थियो। पुस्तक लोकार्पण कार्यक्रममा `द पब्लिक´ हिन्दी मासिक पत्रिकाका सम्पादक वीणा सिन्हा, इमेज च्यानलकी समाचारवाचिका नबिना निरौला, हिमालिनी अनलाइन पत्रिकाकी सम्पादक कन्चना झालगायतले पनि बधाई दिँदै कवितावाचन गर्नुभएको थियो। मुख्य अतिथि डाक्टर शैलेन्दुप्रकाश नेपालले कवि सङ्ग्राैलालाई बधाई दिँदै भविष्यमा अरू कृति पनि पढ्न पाइयोस् भन्ने शुभकामना दिनुभयो। धन्यवाद ज्ञापनमा सङ्ग्रौलाले उपस्थित सम्पूर्ण महानुभावप्रति आभार व्यक्त गर्नुभयो र अन्तमा अध्यक्ष प्रोफेसर अक्कलदेव मिश्रले शुभकामना तथा बधाई दिँदै उहाँका कविताको प्रशंसा गर्दै कार्यक्रमको समाप्ति गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन कवि सङ्ग्रौलाकी छोरी श्रद्धा सङ्ग्रौलाले गर्नुभएको थियो।
Advertisement Banner
Previous Post

‘दार्चुला : कला साहित्य’ र ‘किशनसिंह धामी : व्यक्ति र कृति’को लोकार्पित

Next Post

Rastriya Swatantra Party and Bibeksheel Sajha to unite today

Editorial Team

Editorial Team

Next Post
Rastriya Swatantra Party and Bibeksheel Sajha to unite today

Rastriya Swatantra Party and Bibeksheel Sajha to unite today

Recommended

सरकारले उठाउँदैछ ६ अर्ब रूपैयाँ आन्तरिक ऋण

सरकारले उठाउँदैछ ६ अर्ब रूपैयाँ आन्तरिक ऋण

6 months ago
Nepali Embassy in Muscat holds labour awareness, financial literacy programme

Nepal replaces reference values with transaction-based customs valuation nationwide

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.