८६ वर्षीया स्रष्टा लता गिरीलाई ‘दमन्ता नारी स्रष्टा सम्मान’अर्पण

विराटनगर । नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई ‘दमन्ता नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ । शिक्षा तथा साहित्यिक क्षेत्रमा गिरीले पुर्याएको योगदानलाई कदर गर्दै संस्थाले आइतबार नगद १५ हजारसहित सम्मान गरेको हो ।

विराटनगर ३ निवासी ८६ वर्षीया गिरीलाई संस्थाका अध्यक्ष ओम श्रेष्ठ (रोदन), संस्थाका कोशी अध्यक्ष कृष्णप्रसाद भण्डारी (मार्सेली), साहित्यसेवी बलराम पोखरेल, विवश पोखरेल, सरला चापागाईंलगायतले माला तथा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

उक्त कार्यक्रममा साहित्यकार विवश पोखरेलले स्रष्टा गिरीका सामाजिक तथा साहित्यिक जीवनका बारेमा जानकारी दिएका थिए । गिरीका तीन भजन संग्रह प्रकाशित छन् । गिरीले थुप्रै गीत तथा कविताहरु पनि रचना गरेकी छन् ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रेष्ठले संस्थाले गरिरहेको गतिविधिको बारेमा जानकारी गराउँदै संस्थाले ओझेलमा रहेका सर्जक र उनीहरुका कृतिहरु प्रकाशन गर्ने र उनीहरुलाई सम्मान गर्ने काम गर्दै आएको बताए ।

कार्यक्रममा कृष्ण भण्डारीले स्वागत मन्तव्य राखेका थिए । सम्मान कार्यक्रममा अगुवा बुद्धिजिवी दिनेश श्रेष्ठ, दिनेश सुवेदी, साहित्यकार सिमाआवाष, सुभलक्ष्मी लम्साललगायतको उपस्थिति रहेको थियो ।

Comments are closed.