छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

काठमाडौं, १० पुस

काठमाडौं, दक्षिणकाली नगरपालिका-३ भन्ज्याङ पावरहाउस नजिक बा.३ ख ६६५६ नम्बरको ट्याङकर शनिबार साँझ दुर्घटना हुँदा ट्याङकरका सहचालक सिन्धुली ग्याङले गाउँपालिका-४ घर भई काठमाडौं टौदह बस्ने २१ वर्षीय रबिन वाईबाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याङकर चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

मोरङ, कटहरी गाउँपालिका-६ हुरहुरीया खोलाको कल्बट कटाहरीबाट धनपालथानतर्फ जाँदै गरेको प्र १-०४-००१प ८८८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार राति दुर्घटना हुँदा चालक धनपालथान गाउँपालिका-५ बस्ने ३५ वर्षीय सुरज कुमार सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको   हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-१ रातु छरा पुलस्थित सडकमा मधेश प्रदेश ०२-००१ क ०७५५ नम्बरको बसले बा.७१ प ६६० नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिँदा मोटरसाइकल चालक धनुषा मिथिला नगरपालिका-११ बिसम्बरपुर बस्ने ३८ वर्षीय तुलसी दास श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभ-स्वस्तिक हस्पिटल बर्दीवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी महोत्तरी, रामगोपालपुर नगरपालिका-१ स्थित सडकमा रामगोपालपुरबाट लक्ष्मिपुरतर्फ जाँदै गरेको ज.९ प २६५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक रामगोपालपुर नगरपालिका-५ बस्ने २० वर्षीय मोबारक नदाफको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-१५ पञ्चकन्यास्थित सडकमा बुटवलबाट भैरहवातर्फ जाँदै गरेको युपि ६४ एडि ९६६६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक भारत घर भएका ३० वर्षीय सन्दिप कुमार दुवेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

नुवाकोट, बिदुर नगरपालिका-५ पिपलटारस्थित सडकमा रोकी राखेको बा.४ ख ९७११ नम्बर र हाल अल्फाबेट नखुलेको १४५२ नम्बरको टिपरमा देबिघाटबाट बिदुरतर्फ जाँदै गरेको बा.५२ प ५८६८ नम्बरको मोटरसाइकल ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-५ माझिटार बस्ने ३० वर्षीय दिपक कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । बा.४ ख ९७११ नम्बरको टिपर प्रहरीको नियन्त्रणमा छ भने हाल फरार टिपरका चालक र अल्फाबेट नखुलेको टिपरको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.