कपिलबस्तुमा पोखरीमा डुबेर मृत्यु

 

कपिलबस्तु, ५ असोज

शुद्धोधन गाउँपालिका-२ कर्माहवा बस्ने २२ वर्षीय रिमा यादव र उनकै ६ महिनाको छोराको आफ्नै घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

उनीहरूको पोखरीमा डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडी र प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.