कथाकृति ‘बाँसुरीको धुन’माथि परिचर्चा सम्पन्न

काठमाडौं । कथाकार टीकाराम रेग्मीको कथाकृति ‘बाँसुरीको धुन’माथि परिचर्चा सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. गोविन्दमान सिंह कार्कीले रेग्मीको कथाकृतिभित्र यथार्थवादी कथाहरू समेटिएको बताए । उनले समीक्षात्मक टिप्पणी गर्दै लेखकले कृतिभित्र सामाजिक अनुभूतिहरूलाई कथाका पात्रमार्फत कुशलरूपमा प्रस्तुत गरेको उल्लेख गरे ।
रामकुमार पण्डितले समीक्षात्मक टिप्पणी गर्दै कृतिभित्रका कथाहरूको चर्चा गरे । उनले कथाहरू पठनीय भएको उल्लेख गरे ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यकार श्रीओम रोदनले साँच्चिकै कथा लेख्ने हो भने कथा लेख्नजस्तो गाह्रो अरू नहुने बताए ।
कृतिकार टीकाराम रेग्मीले पुस्तकमा समेटिएका केही कथा लेख्न आफू कथा परिवेशमै पुगेको चर्चा गरे । उनले केही कथाका रचनागर्भ पनि सुनाए ।

कार्यक्रममा रामप्रसाद पन्त, ममता मृदुल, तारानिधि रेग्मी, मन्दिरा मधुश्रीलगायतले बोलेका थिए । कार्यक्रम नारी स्रष्टा समाज नेपाल, विराटनगरको आयोजनामा भएको थियो ।

Comments are closed.