सुदूरपश्चिममा प्रत्यक्षमा चुनाव लडेर जित्ने अहिलेसम्मको एकमात्र महिला रञ्जिताला

सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभा सदस्यतर्फ १६ र प्रदेश सभा सदस्यका लागि ३२ निर्वाचनक्षेत्रमा सार्वजनिक भएको मतपरिणाममा अहिलेसम्म चुनाव जित्नेहरू पुरूषहरू मात्रै छन्।

तर कैलाली क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यमा भने नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भएकी छन्।

श्रेष्ठ सुदूरपश्चिममा प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षमा चुना लडेर जित्ने अहिलेसम्मको नतिजाले उनी 7बनेकी छन्।

श्रेष्ठले पूर्वमन्त्री कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३ सय ८६ मतले हराएर चुनाव जितेकी हुन्।

रञ्जिताले ३० हजार ४०४ मत ल्याइन् भने चौधरीले १८ हजार ८१ मात्रै मत ल्याए। यहाँ श्रेष्ठले निकै फराकिलो मतान्तरले जितिन्।

मंसिर ४ गते भएको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यका लागि विभिन्न दलबाट चार जना महिला उम्मेदवार बनेका थिए। प्रदेशतर्फ भने ठूला दलबाट महिलालाई उम्मेदवार नै बनाइएन।

संघका लागि नेकपा एमालेबाट डोटीमा गौरी ओली, कञ्चनपुर क्षेत्र नम्बर ३ मा पनि निरुदेवी पाल, कञ्चनपुरको क्षेत्र नम्बर १ माओवादीकी बिनामगर र कैलाली क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता उम्मेदवार थिइन्।

उम्मेदवार बनेका चार महिलामध्ये दुई  गौरी र निरुदेवी पराजय भइसके। कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी बिना मगर एमालेका तारालामा तामाङ पाँच हजार मतले पछाडि छिन्। त्यहाँ मतगणना जारी छ।

अहिलेसम्म हेर्दा प्रत्यक्षमा लडेर भारी मतान्तरले चुनाव जित्नेमा रञ्जिता पहिलो बनेकी छन्।

Comments are closed.