मृत अवस्थामा फेला 

काठमाडौं, २३ माघ

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ देउतिथान नजिक गैरीगाउँ खोला पुल मुनी सोही नगरपालिका-१ धारापानी बस्ने ४५ वर्षीय नर बहादुर लामिछाने सोमबार मृत अवस्थामा फेला परेका छन् ।

 

रसुवा, गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रुस्थित लाङटाङ खोला छेउमा रहेको तातोपानीको पोखरीमा  सोही ठाउँ बस्ने ६० वर्षीय दावा सोनाम घले सोमबार मृत अवस्थामा फेला परेका छन् ।

पाँचथर, फिदिम नगरपालिका-१३ फेजुङ गौरीगाउँ टोल बस्ने ३३ वर्षीय सोम भन्ने मनोज नेम्वाङ सोही ठाउँस्थित नाङलापा-सिदेस्वर जाल्पा भित्री सडक खण्डको नालामा गएराति मृत अवस्थामा फेला परेका छन् ।

धादिङ, गल्छी गाउँपालिका-६ टटले बस्ने ५५ वर्षीय रामचन्द्र आचार्य आफ्नै घरमा  सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Comments are closed.