समयले मानिसबीच डर, सन्त्रास बनाएको छ ।
सबैलाई भय अनि आतङ्कको दास बनाएको छ ।
जीवन भन्नु हावाले धान्दै आएको सास न हो
त्यही हावा छानीछानी फेर्नू भन्दै मास्क बनाएको छ ।
भीडभाड बढ्दो छ- घाट, अस्पताल जताततै
मान्छेलाई थुनी भाइरसलाई विन्दास बनाएको छ ।
मानव-जीवन हर्नु नै होला यसको अभिष्ट ?
धर्तीमाथि मृत्यु हिँड्ने बाटो खास बनाएको छ !
घरमै थुनिएपछि चरी भएर उडेकी हो ‘रञ्जु’
बन्दभित्रै मनले यौटा आकाश बनाएको छ ।
Comments are closed.