Trending Now

शशीभित्रको कवि र कविता

काठमाडौँ — मनभित्र थन्किएका गुम्फनलाई बाहिर ल्याउने अनेक उपाय छन्– शब्द, रंग, संगीत वा अन्य शिल्पी । उदयीमान कवि शशी भट्टराई श्रेष्ठले भने आफ्ना मन–मष्तिष्कमा उब्जिएका भावनालाई ‘निर्मल तलाउमा तरङ्ग’ नाम दिएर कवितामार्फत बाहिर ल्याएकी छन् ।

संग्रहमा विषयको विविधतासँगै आफ्नो वरपर जोडिएर बसेका आफन्तजनदेखि सिंगो समाज र राष्ट्रिय–अन्तर्राष्ट्रिय सरोकारका मामलामा पनि कवि शशीका भावना जोडिएका छन् ।

संयोगले आफ्नो कविता संग्रहमा आफ्नै छोरी सिन्धिया श्रेष्ठको टिप्पणी लेखाएर कवि शशीले अर्को प्रयोग गरेकी छिन्, सिन्धिया भन्छिन्— ‘कविता लेख्नु आफैंमा गाह्रो कुरा हो, झन् त्यसमा पनि गहिरो भाव बोकेको पठनीय कविता रच्नु त निकै ठूलो उपलब्धि हो । संग्रहित कविताहरुले रिक्तताको तिक्तता मेटाउँछ भन्ने कुरामा म विश्वस्त छु ।’

कवितामा भावना र संवेदना मनग्ये भएपनि ‘यतीलाई प्रेम प्रस्ताव’, ‘कठै नेपाली कानुन’ जस्ता राजनीतिक भावभूमिका तथा कविताभन्दा बढी निबन्धका लागि उपयुक्त हुने विषय समेत संग्रहमा समेटिएका छन् ।

अजम्बरी पब्लिकेसन्सले बजारमा ल्याएको झन्डै ३ दर्जन लघु कविताको संग्रहमा आमाको स्मृतिमा लेखिएका कविता भने उम्दा छन् |

 

Comments are closed.