कविता:   सपनाको देश

 

बाबुआमा, आफन्त छोडी आएँ सपनाको देश

परिवार र आफ्ना लागी पनि थियो नौलो परिवेश

चिल्ला सडक अग्ला भवन देख्दै थिए मनमोहक

साथीसंगी सबैलाई भन्थे यो त मेरो सपनाको देश

 

सपानाको देशमा पनि आजकल चैन छैन

पराई छन् इष्टमित्र, परिवार, आफूसँग कोही छैन

हिँउ देख्दा रमाउने मन रम्न आजकल छोडेको छ

डलरमा तलब  बुझ्दा पनि मन आजकल निराश छ

 

 

वाल्यकाल बिताएको गाँउघर सम्झी मन भक्कानिन्छ

स्कूल, खोला, साथी सम्झी मन अशान्त बन्छ

अशान्त मन सम्झाउने सामथ्र्य आफैसंग छैन

सुस्केरा हाल्दै नियतिलाई भोग्नुको विकल्प छैन

 

 

वसन्तको हरियालीमा आजकल मन रम्दैन

सपनाको देशमा पनि मन रोमाञ्चित छैन

यस्तो परिस्थितिमा गुज्रिदै गर्दा

सबैलाई म भन्ने गर्छु यो त मेरो सपनाको देश ।।

 

                         

 अर्जुन लुईटेल

बालगंगा , सर्लाही

हाल क्यानाडा

[email protected]

Comments are closed.