कीर्तिमानी आरोही कामिरिता शेर्पाको वृत्तचित्र’किम्फ’मा

काठमाडौं,  । कीर्तिमानी आरोही कामिरिता शेर्पाको सगरमाथा आरोहणको सङ्घर्ष प्रस्तुत गरिएको वृत्तचित्र काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव किम्फमा आज प्रदर्शन गरिएको छ ।

वृत्तचित्रका निर्देशक विनोद अधिकारी हुनुहुन्छ । कार्यक्रममा निर्देशक अधिकारीले सगरमाथा र सगरमाथा आरोहीहरूको साहसबारे जानकार गराउने वृत्तचित्र निर्माण गरेको बताउनुभयो ।

काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (किम्फ)को २०औँ संस्करण बिहीबारदेखि राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा सुरु भएको हो । यस्तै, यस महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुने फिल्मले क्रमशः दुई लाख, एक लाख र ५० हजार रुपियाँ पुरस्कारस्वरूप पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र डकुमेन्ट्री विधामा उत्कृष्ट ठहरिएका फिल्मलाई एक लाख र ७५ हजार रुपियाँ नगद पुरस्कार दिइनेछ ।

Comments are closed.