Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

ललितपुरमा किरातको माङखिम संग्रहालय

himalaya Diary News Service by himalaya Diary News Service
May 23, 2022
in Feature, Nepal
0
ललितपुरमा किरातको माङखिम संग्रहालय
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ—किरात जातिले नयाँ अन्नबाली छर्ने बेलामा भूमिपूजा गरी प्रकृति र पुर्खासित आशीर्वाद माग्ने अवसरका रूपमा उभौली मनाउने गर्दछन् । राजधानीमा रहेका किरात राई, लिम्बु, याक्खा, सुनुवार जातिले सुखशान्ति मिलोस् भनेर प्रकृति र पितृको पूजा गरी ढोल, झ्याम्टा बजाएर सामूहित रूपमा नाच प्रदर्शन गर्ने गर्दछन्  । यही किरात पर्व उभौलीको अवसरमा किरात राई जातिको ऐतिहासिक माङखिम संग्रहालयको उद्घाटन गरिएको हो ।

 

किरात बान्तावा रुङमाहाङ समाजले ललितपुरको गोदावरी नगरपालिका–२ गोदामचौरमा उक्त माङखिम (देवघर) तथा संग्रहालय निर्माण गरेको हो ।  भूमि र चूला पूजासहित समाजका अध्यक्ष नन्दराज राई, ज्येष्ठ सदस्य विष्णुदेवी बान्तावा र पूर्वआईजीपी दुर्जकुमार राईले संग्रहालयको उद्घाटन गरेका हुन् । उक्त संग्रहालयमा किरात जातिको सामाजिक जनजीवनजन्य वस्तु, ऐतिहासिक सामग्री तथा नेपालको इतिहासमा उच्च ओहदाप्राप्त व्यक्तित्वहरूको तस्बिरहरू राखिएका छन् । अध्यक्ष का अनुसार १२ आना क्षेत्रफलमा तीनतले परम्पराजन्य भवनसहित संग्रहालय निर्माण गरिएको हो । ‘समाज र वंश जुटेर २ करोड ५० लाख रुपैयाँभन्दा बढी लागतमा संग्रहालय निर्माण गरिएको’ कुरा अध्यक्ष राईले भने, ‘संग्रहालय बान्तावा रुङ्माहाङ समाजले निर्माण गरेको भए पनि किरात राई, लिम्बू, याक्खा, सुनुवार जातिको इतिहास तथा जीवनशैलीजन्य सामग्रीहरू समेटिएका छन् ।’

संग्रहालयभित्र माझकिरात भोजपुरको ‘दिल्पा’मा जन्मिएर स्वदेश र विदेशमा माथिल्लो ओहदा हासिल गरेका दुई वंशका व्यक्तित्वलाई समेटिएका छन् । जसमा ब्रिटिस गोर्खा सैनिकमा प्रथम नेपाली सरदार बहादुर कप्तान प्रसादमान बान्तावा राई, तत्कालीन अञ्चलाधीश मकरबहादुर बान्तावा, गुर्खा कमिसन अफिसर (जीसीओ) मेजर बाघधन राई, संविधान सभा सदस्य छियामा राई, सशस्त्र प्रहरी बलका पूर्वप्रमुख (आईजीपी) दुर्जकुमार राईलगायतको जीवनवृत्त रहेका छन् ।

संस्कृतिविद् तीर्थराज मुकारुङ राईले संग्रहालयमा किरात जातिको पाँच हजार वर्ष पुरानो ढुंगे हतियार, हातहतियार, कृषिकला, सिकारकला, युद्धकला, बाजागाजा, गरगहना, वेषभूषा समेटिएको बताए । ढुंगेयुग, कृषियुग र आधुनिक युगसम्ममा सांस्कृतिक वस्तुहरू रहेका छन्,’ नेपाल राष्ट्रिय जातीय संग्रहालयका पूर्वमहासचिव मुकारुङले भने, ‘संग्रहालय निर्माण समितिको अनुरोधअनुसार मैले जानेको र सकेको सहयोग गरें ।’ कृषि सम्बन्धी सामग्रीहरू, घरायसी सामग्रीहरू, सिकारका सामग्रीहरू, मुन्धुमी नाक्छोङले चलाउने ढोल, झ्याम्टा, बिजुवाको ढ्याङ्ग्रो, नलिहाड, सर्पको काँडाको मालालगायत दुई सय जति सांस्कृतिक सामग्री संग्रह गरिएका छन् । ती सबै सामग्रीको मौलिक नाम बान्तावा, नेपाली र अंग्रेजी भाषा तथा किरात सिरिजंगा लिपिमा अंकित गरिएका छन् ।

Advertisement Banner
Previous Post

EU disburses €600 million in Macro-Financial Assistance to Ukraine

Next Post

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

साहित्यकारद्वय निलम कार्की निहारीका र  गोविन्दलाल सिं डंगोल पुरस्कृत 

Recommended

सिँचाइ सुविधाका लागि टनकपुर ब्यारेजबाट छिट्टै पानी पाउनेमा विश्वस्त छौँ : ऊर्जामन्त्री घिसिङ

Minister Ghising inspects infrastructure projects in Bardiya

10 months ago
Monash University ranks 57th in QS World University Rankings 2023

Monash University ranks 57th in QS World University Rankings 2023

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.