Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

पुरस्कार स्थापना

Editorial Team by Editorial Team
February 18, 2022
in Author, Awards, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
पुरस्कार स्थापना
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

२०७८ फाल्गुन ६ पहिलो पुस्तक लेखेर नेपाली साहित्यमा औपचारिक पाइला चालेका लेखक–कविहरुको सम्मानमा साहित्यपोस्टले यो वर्ष दुईवटा पुस्तक र त्यसका स्रष्टालाई ५०–५० हजार रुपैयाँले सम्मान गर्ने भएको छ ।

 

पुुराना लेखक कविलाई सम्मान गर्न धेरै पुरस्कार र सम्मानहरु भए पनि नवोदित लेखकका रचनालाई स्थान दिने र उनीहरुलाई सम्मान दिने संस्था र सञ्चारमाध्यमहरू नभएको अवस्थामा साहित्यपोस्टले यो अभियान सुरु गरेको जनाएको छ । नयाँ लेखकलाई भाषा र साहित्यको क्षेत्रमा लाग्न प्रेरणा दिने उदेश्यले एक लाख रुपैयाँको नगदका साथमा ताम्रपत्रसहित सार्वजनिक सम्मान गर्न लागिएको हो ।

 

साहित्यपोस्टले गएको वर्षदेखि यो अभियान सुरु गरेको हो । अघिल्लो वर्ष एक जना लेखक र उक्त लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप केदार वाशिष्ठको पहिलो कृति ‘नेपाल विद्या’लाई ५० हजार नगदका साथ ताम्रपत्रले विभूषित गरेको थियो ।

 

प्रधानसम्पादक कोइरालाका अनुसार योपटक वर्षभरि निस्किएका काव्य (कविता, गजल, मुक्तक, हाइकु आदि सङ्ग्रहबाट एकजना कवि र गैरकाव्य सङ्ग्रह कथा, उपन्यास, निबन्ध, नियात्रा, नेपाली भाषा र साहित्यसम्बन्धी अध्ययन अनुसन्धानात्मक कृतिहरु आदि मध्येबाट एकजना स्रष्टालाई ५०–५० हजार नगदका साथ सम्मान गर्न लागिएको हो ।

 

पहिलो पुरस्कार साहित्यपोस्ट उत्तम काव्य पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन लोकप्रिय गीतकार एवं कवि उत्तम भौकाजीले गर्नुभएको छ ।

‘ दोस्रो पुरस्कार साहित्यपोस्ट उत्तम कृति पुरस्कार रहेको छ । यो पुरस्कारको प्रायोजन अनुसन्धानदाता एवं शिक्षा व्यवसायी उत्तमप्रसाद पन्तले गर्नुभएको हो । राणाकालमा समाज परिवर्तनका लागि जलसमाधि लिएकी योगमायाका विषयमा विस्तृत अध्ययन गर्नुभएका उत्तमप्रसाद पन्त साहित्यकार पारिजातसँग लामो समय रहनुभएको थियो

साहित्यपोस्ट व्यवस्थापन समूहका अनुसार लेखकको पहिलो, मौलिक र एकल कृतिलाई यो सम्मानमा समावेश गरिनेछ । २०७८ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रकाशन भएका कृतिलाई यसमा समावेश गरिनेछ । पुरस्कारका लागि पुस्तकको दर्ता अनिवार्य छैन तर लेखक वा प्रकाशकले आफ्नो पहिलो र मौलिक कृति प्रकाशन भएको सही जानकारी भने दिनुपर्नेछ ।

 

पुरस्कारको पहिलो सर्ट लिस्ट २०७९ साल वैशाख ५ गतेसम्म तयार हुनेछ । दोस्रो सर्ट लिस्ट २०७९ साल वैशाख १० गते र तेस्रो सर्ट लिस्ट वैशाख १५ गते निकाल्ने योजना छ । कुनै प्राविधिक समस्या नआए पुरस्कार वितरण तथा सम्मान कार्यक्रम वैशाख २५ गते साहित्यपोस्टको वार्षिक उत्सवका दिन गरिने योजना रहेको साहित्यपोस्ट व्यवस्थापन समितिले जनाएको छ ।

 

Advertisement Banner
Previous Post

बिमला निरौलाका कृतिहरु लोकार्पण

Next Post

दुई स्रष्टा सम्मानित

Editorial Team

Editorial Team

Next Post
दुई स्रष्टा सम्मानित

दुई स्रष्टा सम्मानित

Recommended

Daramkhola hydropower project begins power production

Nepal’s hydropower sector has gained renewed momentum

3 months ago
आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

3 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.