Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई

Editorial Team by Editorial Team
June 10, 2022
in Awards, Literature, Nepal
0
मधुपर्क प्रतिभा सम्मान तीन सर्जकलाई
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

यस वर्षको मधुपर्क सम्मान तथा मधुपर्क प्रतिभा सम्मानका लागि तीन जना सर्जक छनोट गरिएको छ । लेखक तथा साहित्यकार पुरुषोत्तम बस्नेत, साहित्यकार गणेश रसिक र युवा सर्जक मोमिला जोशी सम्मानित हुनुहुने भएको हो । सर्जक बस्नेतलाई मधुपर्क सम्मान (गद्य) २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क प्रकाशनको शुरुदेखि नै यस मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको हो । कथा, कविता, निबन्ध, संस्मरण, राजनीतिक लेखनमा कलम चलाउनुभएका बस्नेतले सिउँडी, मुकुट, कल्पना, नेपाल पुकार जस्ता ऐतिहासिक प्रकाशनको सम्पादन गर्नुभएको छ । नेपाली कांँग्रेसको इतिहास (दुई भाग) प्रकाशित गर्नुभएको उहाँले नेपाली राजनीतिक इतिहासका विभिन्न विषयमा फुटकर तथा अनुसन्धानात्मक लेख प्रकाशन गर्दै आउनुभएको छ ।
त्यस्तै, अर्का सर्जक गणेश रसिकलाई मधुपर्क सम्मान (पद्य), २०७९ प्रदान गरिने भएको छ । उहाँले मधुपर्क मासिक तथा अन्य विभिन्न प्रकाशनमार्फत नेपाली साहित्यमा विशिष्ट योगदान दिनुभएको छ । उहाँ कविता, गीत, संस्मरण, उपन्यास र गायनमा सुपरिचित हुनुहुन्छ ।
युवा पुस्ताका सर्जक मोमिला जोशीलाई मधुपर्क प्रतिभा सम्मान–२०७९ प्रदान गरिने भएको छ । उहाँका रचना मधुपर्क मासिकलगायत विभिन्न पत्रिकामा प्रकाशित छन् । कविता, निबन्ध र सम्पादनमा उहाँको कलम सशक्त मानिन्छ । उहाँहरूलाई सम्मानसहित जनही ३५ हजार रुपियाँ प्रदान गरिने छ ।
सम्मान प्रदान गरिने सर्जकको नाम सिफारिस गर्न गोरखापत्र संस्थानले वरिष्ठ साहित्यकार डा.धु्रवचन्द्र गौतमको संयोजकत्वमा मधुपर्कका सम्पादक जयदेव भट्टराई(सदस्य) र नायव कार्यकारी सम्पादक त्रिभुवनचन्द्र वाग्ले (सदस्य सचिव) रहेको सिफारिस समिति गठन गरेको थियो । उहाँहरूलाई यही जेठ ३० गते मधुपर्कको ५५औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा सम्मान प्रदान गरिने जनाइएको छ । विक्रम संवत् ०५९ देखि प्रदान गर्न थालिएको उक्त सम्मानका लागि मधुपर्क मासिकमार्फत साहित्यिक योगदान पु¥याएको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ
।

Advertisement Banner
Previous Post

विम्बकवि रमेश श्रेष्ठलाई शिरोमणि पुरस्कार

Next Post

कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

Editorial Team

Editorial Team

Next Post
कवि वासु शशीको कवितासङ्ग्रह ‘पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ’ लोकार्पण

कवि वासु शशीको कवितासङ्ग्रह 'पर्खाल लगाएपछि धेरै थोक बाहिर पर्छ' लोकार्पण

Recommended

Asim Munir becomes Chief of Defence Forces in Pakistan

Asim Munir becomes Chief of Defence Forces in Pakistan

4 months ago
 USAID  is supporting 81,000+ rice producers in Nepal  through local partners 

 USAID  is supporting 81,000+ rice producers in Nepal  through local partners 

4 years ago

Don't Miss

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

 युद्धविरामकै बीच चीनले इरानतर्फ खतरनाक हतियार पठाएको अमेरिकी गुप्तचरको दाबी

April 12, 2026
प्रसिद्ध गायिका आशा भोस्ले को निधन

प्रसिद्ध गायिका आशा भोस्ले को निधन

April 12, 2026
लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

लक्ष्मी शर्माको कथासंग्रह ‘हजुरआमा’ विमोचित

April 12, 2026
सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

सार्वजनिक खरिद ऐन, २०६३ लाई संशोधन गर्ने प्रक्रिया तीव्र : मस्यौदामाथि राय सुझाव संकलन गरिँदै

April 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.