Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए

himalaya Diary News Service by himalaya Diary News Service
May 17, 2022
in Author, Awards, Book Releases, Book Review, Literary Festival & Event, Literature
0
नौ पुस्तक “साहित्यपोस्ट उत्तम काव्य पुरस्कारका लागि छानिए
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

 

डेब्यु काव्यकृतिका लागि दिइने ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’का लागि  उत्कृष्ट नौ काव्यकृतिहरूको नामावली सार्वजनिक गरेका छौँ । यो पुरस्कारको राशि ५० हजार रुपैँया रहेको छ । यो नामावली नयाँ लेखकहरूले २०७८ सालमा प्रकाशन भएका २४ काव्यसङ्ग्रहबाट छानिएको छ । कृतिहरू साहित्यपोस्टसँग आवद्ध पत्रकार, साहित्यकार, सम्पादक र शुभेच्छुकहरूले दिएको नम्बरको आधारमा प्रारम्भीक निर्णायकहरूको टीमले छानेको हो ।

पुस्तक प्रकाशन बारे  सोधखोज गरेर नयाँ लेखकका २४ पुस्तक फेला पारेको र अरु नयाँ पुस्तक हुन सक्ने तर  तिनका बारेका जानकारी नआएको ।’ र ‘यो सूची तिनै नयाँ डेब्यु कृतिहरूबाट छानिएको हो ।’ पुरस्कार निर्णायक समितिका संयोजक एवं साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइरालाले भने, ।

कोइरालाका अनुसार यी नौवटा कृतिले नयाँ लेखकहरू के लेख्दैछन् र नेपाली साहित्य कता जाँदैछ, त्यसको सङ्केत गरेको छ ।

पहिलो पुस्तक लेखेर नेपाली भाषा साहित्यमा औपचारिक पाइला चालेका लेखकहरूलाई प्रोत्साहन गर्ने उद्धेश्यले अघिल्लो वर्ष (वि.स. २०७७) बाट सुरु भएको ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’मा ०७८ मा आइपुग्दा ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ पनि थपिएको हो । ‘साहित्यपोस्ट उत्तम काव्य पुरस्कार’ वर्षभरिमा प्रकाशित डेब्यु काव्यकृतिलाई प्रधान गरिन्छ भने ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’ डेब्यु गैर–काव्यकृतिलाई प्रदान गरिन्छ । ‘साहित्यपोस्ट उत्तम कृति पुरस्कार’का लागि छनोट भएका गैर–काव्य विधाका कृतिहरूको भोलि साँझ सार्वजनिक गरिनेछ ।

‘वर्षभरि प्रकाशन गरिएका नयाँ लेखकको पहिलो कृतिलाई सम्मान गर्ने योजनाअनुरूप यसपटक २ वटा कृतिलाई ५०–५० हजार रुपैयाँ नगद र ताम्रपत्रले सम्मान गर्ने योजना बनाएका हौँ ।प्रधानसम्पादक कोइरालाले भने, ‘अघिल्लो वर्ष हामीले एक जनालाई मात्र सम्मान गर्न सक्यौँ । त्योबेला अत्यन्तै थोरै अङ्कले युवापुस्ताका लेखक छुटेको अनुभव गरेपछि यसपटकदेखि दुई लेखकलाई सम्मान गर्ने योजना बनाएका हौँ ।’

छानिएका डेब्यु काव्यकृतिहरूमा रोशन तिमिल्सिनाको कविताकृति “चिरिएका पैताला”, शरद पोखरेलको कविताकृति “मरूभूमिका डुङ्गा”, पेशलकुमार लुइटेलको कविताकृति “पोल्टाभित्र डिही, केवल बिनाबीको कविताकृति “यादहरूको सङ्ग्रहालय”, हरिमाया अधिकारीको गजलकृति “छोपिएको भाग्यरेखा, शान्ति प्रियावन्दनाको कविताकृति “जिल खाइरहेकी एक्काइसौँ शताब्दी”, डा=वीरेन्द्र केसीको कविताकृति “आमाको काखमा दुखेको देश”, अजित उत्सवको कविताकृति “आकाशगङ्गाको किनार” र शशी भट्टराइ श्रेष्ठको “निर्मल तलाउमा तरङ्ग” रहेका छन् ।

‘छानिएका यी कृतिहरूलाई साहित्यपोस्टका विषय सम्पादकहरू, स्तम्भकार एवं समीक्षक गरी १५ जनाको जिम्मा लगाइने छ । उहाँहरूले दिएका नम्बरहरूलाई जोडेर १५ ले भाग गर्दा जुन कृतिले बढी नम्बर प्राप्त गर्छ, त्यही कृतिलाई हामीले वर्षको उत्कृष्ट डेब्यु पुस्तकका रूपमा पुरस्कृत गर्नेछौँ । साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले भने, “हाम्रा निर्णायकहरू लेखकको पहिलो पुस्तक नै गतिलो जन्मनु पर्छ भन्ने कुरामा सहमत हुनुहुन्छ । यही कारण यी नौवटा कृतिहरूमध्येबाट पनि उत्कृष्ट कृति विजेता छनोट हुने कुरामा साहित्यपोस्ट टिम विस्वस्त छ ।’

Advertisement Banner
Previous Post

कविता:   सपनाको देश

Next Post

नइ पुरस्कार छ जनालाई प्रदान गरिने

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
नइ पुरस्कार छ जनालाई प्रदान गरिने

नइ पुरस्कार छ जनालाई प्रदान गरिने

Recommended

UN, US urge probe into deadly Uzbekistan unrest

UN, US urge probe into deadly Uzbekistan unrest

4 years ago
चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Loan review finds 7.7 percent NPL ratio in Nepal’s 10 largest banks

2 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.