सेक्रेमेन्टोमा नेपाली साहित्यिक कार्यक्रम सम्पन्न

अमेरिका । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती अमेरिकाको क्यालिफोर्नियास्थित सेक्रेमेन्टो शहरमा पृथक शैलीमा रचना वाचन गरेर मनाइएको छ ।
तिहारको लक्ष्मीपूजामा जन्मिएका महाकवि देवकोटाको जन्मजयन्तीमा आयोजित कार्यक्रममा कुनै सभापति राखिएको थिएन, न त खादा माला वा भाषण नै गरिएको थियो ।
बृहत् सेक्रेमेन्टो क्षेत्रको डेविस शहरको मेरी एल स्टेफेन्स पु्स्तकालयको हलमा अक्टोवर ३० तारिकका दिन सम्पन्न भएको कार्यक्रमको आरम्भ महेश गौतमले स्वागत मन्तव्य, प्रमोद अमात्यले कार्यक्रम खाका र नीरन्जन वाग्लेले महाकविको कविता अंश पाठ गरेर गरेका थिए। कार्यक्रमको संचालन स्वस्तिका स्वस्ति र बाबु आचार्यले गरेका थिए।
साहित्यकार प्रमोद अमात्यका अनुसार, सन. २०१६ सालदेखि यस शहरमा देवकोटा जयन्तीको कार्यक्रम यसरी नै भव्यताकासाथ शुरु हुन थालेको हो । कार्यक्रम संचालन अगाडि भेटघाट, पुस्तक प्रदर्शन, विक्री वितरण तथा चियापानको अनौपचारिक कार्यक्रम रहेको थियो ।
मञ्चमा कुनै औपचारिक आसन ग्रहन, माला खादा, भाषण आदि गतिविधि बेगर सहज र सरल तवरमा रचना वाचन र श्रवणको कार्य सम्पन्न भएको थियो।
रचना वाचनमा विनोद पौड्याल, कृष्णमान श्रेष्ठ, अमर तामाङ्ग, सर्वज्ञ वाग्ले नवराज कार्की, दुर्गा दाहाल तथा सुरेश भट्ट हुनुहुन्थ्यो । त्यस्तै रितादेवी प्रधान, शान्ति पौडेल, मधु पोख्रेल, र स्वस्तिका स्वस्तिले पनि आफ्ना रचना सुनाएका थिए ।

 

Comments are closed.