‘नइ अन्तर्राष्ट्रिय पुरस्कार’ सिटौला र उपाध्यायलाई

 

२७,वैशाख,काठमाडौँ — नइ प्रकाशनले २०७८ सालको ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ अमर प्राज्ञ अमेरिकाका प्राध्यापक मोहन सिटौलालाई समर्पण गर्ने निर्णय गरेको छ ।

नेपाली वाङ्मयको श्रीवृद्धिका लागि सिर्जना र संगठन मार्फत निरन्तर जागरूक र समर्पित हुँदै नेपाली भाषासाहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएकाले सिटौलालाई पुरस्कार समर्पण गर्ने निर्णय गरिएको नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईंले बताए । प्रसाईंका अनुसार सिटौलालाई ताम्रपत्रका साथ दुई लाख रूपैयाँ प्रदान गरिनेछ ।

यसैगरी प्रकाशनले समालोचना, कविता, निबन्ध,नाटक,अनुवाद जस्ता सिर्जनाद्वारा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि योगदान पुर्‍याएका भारत आसामका श्री छविलाल उपाध्यायलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ ।

यी दुवै पुरस्कार अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका मध्ये एक जना विशिष्ठ नेपाली गोर्खाली मूलका विदेशी व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिँदै आएको छ ।

Comments are closed.