Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अब २४ घण्टाभित्रै लाइसेन्स : राहदानी र लाइसेन्स जेठदेखि घरमै पुग्ने

Editorial Team by Editorial Team
April 7, 2026
in Nepal, News
0
अब २४ घण्टाभित्रै लाइसेन्स : राहदानी र लाइसेन्स जेठदेखि घरमै पुग्ने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नागरिकलाई छरितो, सहज र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना सार्वजनिक गरेको छ। मन्त्रालयले मन्त्रिपरिषद्को पछिल्लो निर्णयअनुसार शासकीय सुधारलाई परिणाममुखी बनाउने उद्देश्यले तोकिएको समयसीमा र जिम्मेवार अधिकारीसहित कार्यान्वयन प्रक्रिया अघि बढाएको हो।
मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिअनुसार नयाँ चालक अनुमति पत्र (लाइसेन्स) अब यातायात व्यवस्था विभागबाट डाटा प्राप्त भएको २४ घण्टाभित्रै सुरक्षण मुद्रण केन्द्रबाट छापिनेछ। हालसम्म बाँकी रहेको करिब २९ लाख लाइसेन्स आगामी २०८३ असार मसान्तसम्म छपाइ सक्ने लक्ष्य लिइएको छ।
नागरिकलाई सरकारी सेवा घरदैलोमै पुर्‍याउने उद्देश्यले हुलाक सेवालाई ‘सरकारी कुरियर’का रुपमा स्तरोन्नति गर्ने तयारी गरिएको छ। आगामी २०८३ वैशाख मसान्तसम्म ७७ वटै जिल्लामा हुलाकमार्फत राहदानी, सवारी चालक अनुमति पत्र, शैक्षिक प्रमाणपत्र तथा नेपाल टेलिकमका सिमकार्ड वितरण गर्ने व्यवस्था सुरु गरिने मन्त्रालयले जनाएको छ।
यसबाहेक नागरिक एपमार्फत प्रहरी प्रतिवेदन, राहदानी तथा लाइसेन्सका लागि एकीकृत अनलाइन आवेदन प्रणाली ४५ दिनभित्र सञ्चालनमा आउनेछ। दूरसञ्चार सेवामा पारदर्शिता बढाउन मोबाइल डाटाको ९० प्रतिशत प्रयोग भएपछि अनिवार्य सूचना पठाउने र ‘पे-एज-यू-गो’ सुविधा निष्क्रिय गर्ने विकल्प उपलब्ध गराइनेछ।

नेपाल टेलिकममा वान टाइम केवाइसी प्रणाली लागू हुने भएकाले अब ग्राहकले बारम्बार विवरण अद्यावधिक गर्नुपर्ने छैन। सिम वितरण, स्वामित्व हस्तान्तरण र हराएको सिम फिर्ता जस्ता सेवाहरू ३० दिनभित्र पूर्ण रूपमा अनलाइन हुने योजना छ।
यसैगरी २५० भन्दा बढी सरकारी वेबसाइटहरूलाई अपाङ्गतामैत्री र प्रयोगकर्तामैत्री बनाउन ३० दिनभित्र अद्यावधिक गरिनेछ। ४जी सेवाको गुणस्तर अभिवृद्धिका लागि नीतिगत परिमार्जन गरी अतिरिक्त फ्रिक्वेन्सी उपलब्ध गराउने व्यवस्था पनि कार्ययोजनामा समेटिएको छ।
सूचना प्रविधि, विद्युतीय शासन, साइबर सुरक्षा, डाटा संरक्षण तथा कृत्रिम बौद्धिकतासम्बन्धी महत्त्वपूर्ण विधेयकहरू ९० दिनभित्र मसौदा तयारी गरी कानून निर्माण प्रक्रियामा अघि बढाइने मन्त्रालयले स्पष्ट पारेको छ। प्रवक्ता तथा सहसचिव उदयबहादुर रानामगरद्वारा जारी विज्ञप्तिमा यस्तो सुधारात्मक कदमले शासकीय प्रणालीलाई पारदर्शी, उत्तरदायी र आधुनिक बनाउने उल्लेख छ। मन्त्रालयले निर्धारित समयभित्रै कार्ययोजना पूरा गर्दै नागरिकलाई प्रभावकारी र गुणस्तरीय सेवा उपलब्ध गराउने दृढता पनि व्यक्त गरेको छ।

Advertisement Banner
Previous Post

“६ करोडभन्दा बढी अवैध सम्पत्ति काण्ड: लेखा अधिकृत झलक शर्मा पौडेलविरुद्ध अख्तियार

Next Post

पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

Editorial Team

Editorial Team

Next Post
पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

पहिलोपटक सोमालियामा समुद्रमा तेल उत्खनन सुरु गर्ने तयारी

Discussion about this post

Recommended

ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन

ऊर्जामन्त्री घिसिङले भने- अस्तित्व मासेर हुने एकता कदापी स्वीकार्य छैन

3 months ago
Goods worth 33.21 billion rupees exported via Birgunj

Goods worth 33.21 billion rupees exported via Birgunj

4 months ago

Don't Miss

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

सहकारी संकटः दोषी सञ्चालकको पासपोर्ट रोक्का र सम्पत्ति जफत हुने !

April 7, 2026
“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

“४५ दिनभित्रै ‘राजनीति–मुक्त’ प्रशासनको खाका: संघीय निजामती सेवा विधेयकमार्फत कर्मचारीदेखि शिक्षकसम्म दलीय जञ्जाल तोड्ने सरकारी घोषणा”

April 7, 2026
सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

सरकारी विज्ञापन नीजि मिडियालाई नदिने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

April 7, 2026
थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो

थाइल्याण्डको नयाँ गठबन्धन सरकारले पद तथा गोपनीयताको शपथ ग्रहण गर्यो

April 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.