Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती

Editorial Team by Editorial Team
November 24, 2025
in Nepal, News, Sports
0
एनपीएल: सुदूरपश्चिम र विराटनगरलाई अग्रता जोगाउने चुनौती
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आज (सोमबार) दुई महत्त्वपूर्ण खेलहरू हुँदै छन् । प्रतियोगिताको लिग चरण अघि बढ्दै जाँदा अङ्क तालिकामा आफ्नो पकड बलियो बनाउन टोलीहरूबीच कडा प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ ।

आजको पहिलो खेलमा बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र विराटनगर किंग्स आमनेसामने हुनेछन् । अहिलेसम्म एक खेल मात्र खेलेको जनकपुर पहिलो जितको खोजीमा मैदान उत्रिनेछ भने तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर आफ्नो लयलाई निरन्तरता दिने दाउमा हुनेछ ।

यस्तै, दिउँसो ४ बजे हुने दोस्रो खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सको सामना गर्नेछ । हालसम्म दुई खेलबाट ४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स आफ्नो अग्रता कायम राख्न चाहन्छ । उता, कर्णाली याक्स भने अङ्क तालिकामा सुधार गर्ने उद्देश्यका साथ मैदानमा उत्रिनेछ ।

अङ्क तालिकाको समीकरण
प्रतियोगितामा हालसम्मको प्रदर्शनलाई हेर्दा विराटनगर किंग्स र सुदूरपश्चिम ४-४ अङ्कका साथ क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । तीन खेल खेलिसकेको काठमाण्डु गुर्खाज २ अङ्कका साथ तेस्रो स्थानमा छ । त्यसैगरी, लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले समान २-२ अङ्क जोडेका छन् ।

प्रतियोगितामा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले भने अङ्कको खाता खोल्न सकेका छैनन् । पोखराले आफ्ना दुवै खेल गुमाइसकेको छ भने जनकपुरले एउटा मात्र खेल खेलेको हुनाले आजको खेल उसका लागि महत्त्वपूर्ण रहनेछ ।

दर्शकको उत्साह र टिकट व्यवस्थापन
नेपाल क्रिकेट सङ्घ (क्यान) ले प्रतियोगिताको भव्यतालाई कायम राख्दै हरेक खेलका लागि ९ हजार ४ सय ५० थान टिकट बिक्री वितरण गर्दै आएको छ । मङ्सिर १ गतेदेखि सुरु भएको यो क्रिकेट महोत्सव २७ गतेसम्म चल्नेछ ।

दर्शकहरूको सुविधाका लागि टिकटको मूल्य चरणबद्ध रूपमा निर्धारण गरिएको छ । लिग चरण र सामान्य दिनका खेलका लागि जनरलतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपियाँ तोकिएको छ । शनिबारको खेलमा भने यो मूल्य क्रमशः ५ सय र १५ सय रुपियाँ रहेको थियो । प्लेअफ र फाइनल चरणमा पुगेपछि टिकटको मूल्य जनरलतर्फ १ हजार र प्रिमियमतर्फ २ हजार रुपियाँ कायम हुनेछ ।

आठ फ्रेन्चाइज टोलीहरू– जनकपुर, सुदूरपश्चिम, कर्णाली, पोखरा, विराटनगर, चितवन, काठमाण्डु र लुम्बिनीबीचको यो प्रतिस्पर्धामा लिग चरण, प्लेअफ र फाइनल गरी कुल ३२ खेल हुनेछन् ।

Advertisement Banner
Previous Post

पाइरेसी गर्ने र अनधिकृत लिंकबाट एनपीएल हेर्नेलाई कारबाही हुन्छ: क्यान र डिसहोमको चेतावनी

Next Post

आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल, पदयात्रा गर्नेको भीड

Editorial Team

Editorial Team

Next Post
आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल, पदयात्रा गर्नेको भीड

आन्तरिक तथा भारतीय पर्यटकको चहलपहल, पदयात्रा गर्नेको भीड

Recommended

निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई वाइसिएलको आग्रह

निर्वाचन बिथोल्ने गरी कुनैपनि गतिनिधि नगर्न राजनीतिक दललाई वाइसिएलको आग्रह

4 weeks ago
सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता

सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता

3 months ago

Don't Miss

China Congratulates Nepal on Federal Parliament Election

China Congratulates Nepal on Federal Parliament Election

March 21, 2026
President Paudel calls for fulfilling people’s mandate of nation-building

President Paudel calls for fulfilling people’s mandate of nation-building

March 21, 2026
Trump administration announces AI policy framework covering safety and growth

Trump administration announces AI policy framework covering safety and growth

March 21, 2026
Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.