Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Awards

कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने

Editorial Team by Editorial Team
March 17, 2026
in Awards, Literature, Nepal, News
0
कवि मञ्जुल’लाई ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गरिने
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली वाङ्गमयको श्रीवृद्धिमा विगत २७ वर्षदेखि समर्पित संस्था एपेक नेपालले अग्रज साहित्यकार, कवि, गीतकार तथा गायक मेघराज नेपाल ‘मञ्जुल’लाई यस वर्षको ‘विश्व–ज्योति साहित्य सम्मान’ प्रदान गर्ने घोषणा गरेको छ । सम्मानका साथ नगद राशि ५१ हजार रुपैयाँ समेत रहने संस्थाले जनाएको छ ।
गत वर्षदेखि प्रदान गर्न सुरु गरिएको ‘विश्व–ज्योति साहित्य सम्मान’ पहिलोपल्ट कवि एवम् गीतकार उषा शेरचनलाई समर्पण गरिएको थियो ।
कविता तथा गीत लेखनमा क्रियाशील सर्जक मञ्जुलको जन्म वि.सं. २००३ साल फागुनमा भोजपुरमा भएको हो । उनले ०२४ सालदेखि रेडियो नेपालमा गीत लेखन र गायनबाट आफ्नो यात्रा प्रारम्भ गरेका थिए ।
त्यसैताका समाजका कतिपय विसंगति र बेथितिप्रति असहमति जनाएर विद्रोह गर्दै उनीसहित केही साथी मिलेर राल्फा नामक एक सांस्कृतिक समूहको स्थापना गरिएको थियो । त्यसमा मञ्जुल, रामेश, रायन, अरिम आदि कलाकर्मीको सक्रिय सहभागिता थियो ।
राल्फाको स्थापनापछि नेपालका कुनाकन्दरा पुगेर परिवर्तनको बिगुल फुक्ने काममा मञ्जुलसहितका कलाकर्मी सक्रिय रहे । त्यसबखत परिवर्तनकामी राल्फाका सर्जक गाउँगाउँ पुगेर जनताका गीत गाउँथे र जागरणको बिगुल फुक्ने गर्थे ।
साहित्य लेखनमा समेत सक्रिय मञ्जुलका विभिन्न पुस्तक प्रकाशित छन् । उनको कविताकृति ‘साहिँली मोरीलाई’, संस्मरणकृति ‘सम्झनाका पाइलाहरू’, उपन्यास ‘छेकु डोल्मा’, कविताकृति ‘मृत्यु कविता’, जीवनी ‘पहाडजस्तो–बाटोजस्तो म’लगायत थुप्रै कृति प्रकाशित छन् ।
राष्ट्रिय प्रतिभा पुरस्कार, साझा पुरस्कारलगायत सम्मान प्राप्त गरिसकेका मञ्जुल यस उमेरमा पनि सिर्जनामा सक्रिय छन् । उनी धेरैका निम्ति प्रेरणाका स्रोत पनि हुन् ।
एपेक नेपालले यो सम्मानका साथै एक अर्को ‘विश्व–ज्योति युवा पाण्डुलिपि पुरस्कार’को पनि स्थापना गरेको छ । ४० वर्षमुनिका युवा सर्जकलाई प्रदान गरिने उक्त पाण्डुलिपि पुरस्कारको घोषणा संस्थाले आउँदो साता गर्ने जानकारी गराएको छ । गत वर्ष पाण्डुलिपि पुरस्कार सुदूरपश्चिम प्रदेशका युवा कवि हेमन्त शिशिरको कविताकृति ‘बन्द घरको झ्याल’लाई प्रदान गरिएको थियो ।
यस वर्ष यो पुरस्कार हालसम्म एउटै कृति प्रकाशन नगरेका कोही एक युवा कथाकारको लघुकथाकृतिलाई प्रदान गरिने र उक्त पुस्तक छापेर सोही कार्यक्रममा लोकार्पण गरिने संस्थाका अध्यक्ष विश्वविमोहन श्रेष्ठले जानकारी दिए ।
यही चैत २५ गते काठमाडौमा विशेष कार्यक्रमबीच सम्मान तथा पुरस्कार प्रदान गरिने एपेक नेपालले जनाएको छ ।

Advertisement Banner
Previous Post

प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने

Next Post

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

Editorial Team

Editorial Team

Next Post
महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

महेश्वर पन्तको ‘धर्तीमुनिका तारा’ कथासंग्रह विमोचित

Recommended

Nepal Government to make Gen-Z protest probe report public

Nepal Government to make Gen-Z protest probe report public

2 weeks ago
Ruling Nepali Congress set to sweep local level polls

Nepali Congress suggested that it incorporated peace as an element of party code of conduct.

5 months ago

Don't Miss

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

संयुक्त लघुकथासङ्ग्रह ‘दोहन’ पर्या’ सार्वजनिक

April 6, 2026
अमेरिका र इरानबीच  छलफल: ४५ दिने युद्धविरामको सम्भावना

अमेरिका र इरानबीच छलफल: ४५ दिने युद्धविरामको सम्भावना

April 6, 2026
अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

अमेरिकाले इरानको पहाडबाट सैन्य पाइलटको सुरक्षित उद्धार गर्यो

April 6, 2026
आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

आजदेखि सरकारी कार्यालय बिहान ९ बजेदेखि ५ बजेसम्म

April 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.