काठमाडौंमा, अभिनव साहित्य समाजको स्थापना दिवस तथा २२ औं वार्षिकोत्सवको अवसरमा अभिनव साहित्य समाजको आयोजनामा,भैरव स्मृति भवन जोरपाटी, गोकर्णमा विभिन्न कार्यक्रम गरि सम्पन्न गरिएको छ ।
संस्थाका अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिको समापतित्व सम्पन्न गरिएको उक्त कार्यकर्म समाजका सचिव परशुराम पराजुलीको सञ्चालन र शारदा पराजुलीको स्वागत मन्तव्यबाट शुरु भएको थियो। कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख श्री दीपक कुमार रिसालज्यू र उपप्रमुख श्री सान्नानी लामाज्यूलाई हार्दिक बधाई, शुभकामना र अभिनन्दन अर्पण गरिएको थियो । यसैगरी प्राज्ञ श्री विष्णु प्रभातज्यूलाई बिसहजार नगद सहित अभिनन्दन अर्पण गरियो । वेदमणि अभिनव गजल पुरस्कारबाट दश हजार नगदसहित शान्ती शर्मालाई पुरस्कार तथा सम्मान गरिनुको साथै समाजसेवी मुसुरी लामाज्यूलाई सम्मान अर्पण गरियो । यस अवसरमा कलाकार जानुका भट्टराई तथा केशवराज मैनालीलगायतबाट बेचिएकी चेली नामक करुणरस प्रधान नाटिकाको प्रस्तुतिसमेत दिइएको थियो ।
प्रमुख अतिथिको आसनबाट गङ्गाप्रसाद उप्रेतीज्यूले प्रज्ञा प्रतिष्ठानजस्तो गरिमामय संस्थाबाट नेपाली भाषाको गौरवमय परम्परालाई तोडमरोड गर्ने कामको शुरुआत हुनथालेको भन्ने सुन्नमा आएको छ । भर्खर गठन भएको संस्थाको केही दिन काम हेरेर मात्र मूल्याङ्कन गरिनुपर्छ भन्ने भाव राख्दै साहित्यकारहरूलाई प्रेरणा दिने काम गर्नुभयो । यसैगरी विशेष अतिथि तथा अभिनन्दित व्यक्तित्वको रुपमा नगर प्रमुख रिसालज्यूले गोकर्ण नगरपालिकालाई साहित्यको हब मनाउन क्रियाशील संस्थाको रुपमा अभिनवलाई लिएका छौँ र यस नगरभित्र रहेका सम्पूर्ण साहित्यिक संस्थाहरूलाई सहयोगात्मक भूमिका नगरपालिकाले गर्दै जाने कुरा राख्नु भयो भने उपप्रमुख लामाज्यूले साहित्य उत्थानको काममा सहयोग गर्न नगरपालिका सँधै तयार छ र खासगरी महिला साहित्यकारहरूलाई उत्प्रेरणा दिने कार्यमा पनि नगरपालिकाले विशेष सहयोग गर्ने कुरा राख्नुभयो । अर्का अभिनन्दित व्यक्तित्व श्री प्रभातज्यूले प्रकृतिपूजक, शक्तिपूजक, शैव, ब्रह्म, सांख्य(देवहुतीद्वारा प्रतिपादित) र बौद्ध दर्शन गरी छ वटा दर्शन नेपाली हो भनेर सुन्दर व्याख्या गर्नुभयो ।
गोकर्ण नगरपालिका ६ का वडा अध्यक्ष श्री नवराज लामाज्यूले शुभकामना मन्तव्य दिनुभएको थियो । अर्की पुरस्कृत व्यक्तित्व श्री शर्माज्यूले एक सुन्दर गजल गायन गर्नुृभएको थियो । अभिनन्दन तथा सम्मानपत्रको वाचन मेनका पोखरेलज्यू र घनश्याम प्रसाईज्यूले गर्नुभएको र अर्का कार्यसमिति सदस्य श्री सुमन पुडासैनीज्यूले व्यवस्थापनको कार्य गर्नुभएको थियो । सभापतिको आसनबाट वेदमणिज्यूले वर्तमान नेपाल सरकारले प्राज्ञताको प्रचलित मापदण्ड विपरित प्रज्ञा प्रतिष्ठान गठन गरेकोमा यसको सुधार हुनुपर्ने माग राख्नुभयो यो नभएसम्म कुनै पनि परिषद सदस्यको भूमिकालाई वहिष्कार गरिनुपर्छ भन्ने माग राख्नुभयो । कार्यक्रममा साहित्यकारहरुको उल्लेख्य उपस्थित रहेको थियो।
Trending Now
- Nepal Prez Paudel Calls For Appropriate Management Of Pashupatinath Temple Area To Promote Tourism
- Russia stops sending information about missile tests to US
- Ruling coalition Agree on Power Sharing
- Myanmar’s Ousted State Counsellor Aung San Suu Kyi’s party NLD deregistered
- ICCR Nepal and Sushila Arts Academy jointly put together a week-long art exhibition “Bharat-Nepal Kala Sangam” inaugurated at the Taragaon Museum, Bouddha
- India has topped in tourist traffic to Nepal
- ADB, BML Sign $41 Million Financing Package to Support SMEs and Blue Economy Tourism in Maldives
- Financial Conditions in Emerging East Asia Clouded by Uncertainty over US Monetary Policy and Bank Turmoil
- Global Crises Further Threaten Progress on SDGs: ADB–UN Report
- Hungarian lawmakers voted on Monday to support Finland’s accession to NATO
Comments are closed.