उनी
छन्
उर्जा
बाँच्नुको
आँखा भरि
श्वास प्रश्वास
मुटुभरि उनी ।
अधरमा सुसेल्छिन्
मस्तिष्क भरि छाउँछिन्
भर्छु सङ्गीत गाउँछिन।
निदाउँछु त बर्बराउँछिन्
सल्बलाउँछिन् शरीरमा
रक्तवाहिनीमा उनी
न छेक्न सक्छु बाटो
हृदय तहमा
फर्फराउँछिन्
धुक धुकी
ब ने र
सधैँ
ऊ।
भरत गुरागाईं बर्बरिक
झोराहाट, नेपाल
Comments are closed.