रम्बास कविता:अजेय

अजेय


बन्छ
अजेय
तब मात्रै
हिँड्नु  पर्छ
निडर      भएर
जीवनको   बाटोमा
आशाको   भारि बोकेर
भर्भराउँदो      आगो माथि
सफलताको        सपना बुन्दै
घात    प्रतिघात      पिउँदै
सफलताको    आशामा
प्रयास   आफ्नो गर्दै
माथि  चड्न सक्न
शिर    उचाली
हिँड्दा मात्रै
अजे  य
हुन्छ
त्यो

दुलुमणि देवी उपाध्याय
ओदालगुडी, आसाम

Comments are closed.