रम्बास कविताःजातीयता

 

जातीयता

 यी
खेल
हरू मा
व्यस्त किन?
बाहिर    आउ
हेर       सबैलाई
नगर   है      नाटक
आउ    झट्टै  मन्च  बाट
धरै     भयो      नाट्याभिनय
प्रश्न  छ  जातीय     अस्मिताको।
अभिनयमा    व्यस्त   तिमी
कसरी हुन्छ   विकास?
हृदयङ्गम       गर
एकरूपता  त
जाति प्रेमको
निरू पित
अकाट्य
सत्य
हो।

गिरिधारी उपाध्याय
असम

Comments are closed.