रम्बास कविता:हामी

हामी
“””””””
यो
धरा
नाटक
कलाकार
हामी  मनुष्य
अभिनय    गर्ने ।
कोही   रुने  नाटक
कोही हाँसी रहेका छन्
कोही    जवानी   मदमत्त
कोही  वृद्धकालको  शिकार
कतै डोली उठ्दैछ यहाँ
कतै चिता  सजिदैछ ।
अभिनय  कर्ताको
तैँ छाड मैं छाड
सपना भङ्ग
कलाकार
झसँङ्ग
हुन्छ
लौ ।

लोकनाथ शर्मा
जागुन, आसाम

Comments are closed.