रम्बास कविता:मकै

 मकै

हो
म कै
भुटेको
प ट ट ट
रम्बास पनि
भुटिंदैछ   यहाँ
एकसौ वर्ण पनि
भुटिए      प  ट  ट
उन्नाइस  पंक्तिमा सधैँ
भुट्टिन्छन्  बिचरा  शब्दहरू
लालायित  सृष्टिकर्ता छन्
गर्भ   बोक्ने      मनहरू
रम्बास नै    जन्मिन्छन्
सर्वत्र       हुर्किन्छन्
फुल्छन् फल्छन् यी
व न    स्प ति
र  म्बा   स
कृ ति
हुन्।

रेवतीरमण सापकोटा

ओदालगडी, आसाम

Comments are closed.