दामिनी
हो
हामी
नारी हौँ
छ छुट्टै नै
अस्तित्व हाम्रो
नसोच कदापि
निरस्त्र हामीलाई
छ सामर्थ्य पुरुष झैँ
अदम्य धैर्य छ मुटुमा
नठान अवला असहाय
दम्भ छैन हाम्रो अनर्थ
बन्न सक्छौँ कृपासिन्धु
बन्न सक्छौँ दामिनी
सृष्टि पनि हामी
ध्वंस पनि हौँ
जा नि ले ऊ
य था र्थ
य ही
हो।
रेखा भट्टराई
ओदालगुढी असम
Comments are closed.