‘आफू गयौ नेटो काटी’ सार्वजनिक

काठमाडौं । एकल महिलाप्रति समर्पित गीत ‘आफू गयौ नेटो काटी’को भिडियो सार्वजनिक भएको छ । साहित्यकार राम लामा ‘अविनाशी’द्वारा निर्मित, वरिष्ठ कलाकार एवं निर्देशक आकाश अधिकारीद्वारा निर्देशित राष्ट्रिय महिला आयोगकी कार्यवाहक अध्यक्ष विद्याकुमारी सिन्हाले भिडियो सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा बोल्दै कार्यवाहक अध्यक्ष सिन्हाले महिलाप्रति हुने विभेद अन्त्य गर्दै समाज रूपान्तरणका लागि ‘आफू गयौ नेटो काटी’ गीतले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुईंटेलले समाजमा भोगिरहेको घटनालाई गीतले यथार्थ वर्णन गरेको बताउनुभयो ।
गीतका निर्देशक अधिकारीले शब्दमा नभई व्यवहारमा महिलालाई सम्मान गरेमात्र समाजप्रतिको दायित्व बढ्ने बताउनुभयो । गीतले सामाजिक रूपान्तरणको ‘म्यासेज’ दिन खोजेको बताउनुभयो ।

अञ्जु पन्तको स्वर रहेको गीतमा आकाश अधिकारी र उमा गिरीले अभिनय गर्नुभएको छ । राम लामा ‘अविनाशी’को शब्द रहेको गीतमा शक्ति बल्लभको संगीत छ । गीत अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो ।

Comments are closed.