Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

स्विट्जरल्यान्डद्वारा निकोलस मादुरोसँग सम्बन्धित सम्पत्ति जफत गर्ने निर्णय

Editorial Team by Editorial Team
January 6, 2026
in News, World
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – स्विट्जरल्यान्ड सरकारले अपदस्थ भेनेजुएलाली राष्ट्रपति निकोलस मादुरोसँग सम्बन्धित स्विट्जरल्यान्डस्थित सम्पत्तिहरू तत्काल जफत ९फ्रिज० गर्ने निर्णय गरेको छ ।
ती सम्पत्तिहरू गैरकानुनी रूपमा आर्जित भएको पुष्टि भएमा भेनेजुएलाली जनताको हितमा प्रयोग गरिने स्विस सरकारले जनाएको छ । स्विस संघीय सरकारले सामाजिक सञ्जाल एक्समा वक्तव्य जारी गर्दै मादुरोसँग सम्बन्धित सबै स्विस–आधारित सम्पत्तिमा यो निर्णय तत्काल लागू हुने स्पष्ट पारेको हो ।
स्वीस सरकारका अनुसार सोमबार संघीय परिषद्ले मादुरो र उनका नजिकका व्यक्तिहरूको नाममा रहेको सम्पत्ति जफत गर्ने निर्णय गरेको हो । स्विस सरकारको विज्ञप्तिमा भनिएको छ,‘यस कदमको उद्देश्य सम्पत्ति बाहिरिने सम्भावित जोखिम रोक्नु हो । यदि भविष्यमा कानुनी प्रक्रियाबाट ती सम्पत्ति गैरकानुनी रूपमा आर्जित भएको ठहर भएमा, स्विट्जरल्यान्डले ती रकम भेनेजुएलाली जनताको हितमा प्रयोग गर्न प्रयास गर्नेछ ।’
यद्यपि, हालका भेनेजुएलाली सरकारका सदस्यहरूलाई यो निर्णयले असर नगर्ने स्पष्ट गरिएको छ । उक्त सम्पत्ति जफत निर्णय सन् २०१८ देखि लागू हुँदै आएको भेनेजुएलाविरुद्धको प्रतिबन्ध भन्दा अतिरिक्त भएको स्विस सरकारले जनाएको छ ।
नयाँ निर्णय ‘विदेशी राजनीतिक रूपमा प्रभावशाली व्यक्तिहरूको गैरकानुनी सम्पत्ति जफत तथा फिर्ता सम्बन्धी संघीय कानुन अन्तर्गत गरिएको हो । जसले पहिले प्रतिबन्धमा नपरेका व्यक्तिहरूलाई लक्षित गरेको छ । जनवरी ३, २०२६ यता भेनेजुएलाको अवस्था अस्थिर रहेको र आगामी दिन तथा हप्तामा विभिन्न परिदृश्य देखिन सक्ने भन्दै स्विट्जरल्यान्डले घटनाक्रमलाई नजिकबाट नियालिरहेको विज्ञप्ती मार्फत जनाएको छ ।
स्विस सरकारले भेनेजुएलाको अवस्थाबारे तनाव कम गर्न, संयम अपनाउन र अन्तर्राष्ट्रिय कानुनको पालना गर्न सबै पक्षलाई आग्रह गरेको छ । साथै, शान्तिपूर्ण समाधानका लागि आफूले सबै पक्षलाई मध्यस्थता प्रस्ताव गरिरहेको पनि जनाएको छ । स्विस कानुनअनुसार गरिएको यो सम्पत्ति जफत निर्णय चार वर्षसम्म लागू रहनेछ । भविष्यमा हुने आपसी कानुनी सहयोग प्रक्रियालाई सहज बनाउने उद्देश्यले यो कदम चालिएको स्विस सरकारको भनाइ छ । एएनआई

Advertisement Banner
Previous Post

Siddhartha Premier Insurance contributes Rs 10.1 million to reconstruction fund

Next Post

T-20 World Cup trophy coming to Nepal a proud moment, says President Paudel

Editorial Team

Editorial Team

Next Post
T-20 World Cup trophy coming to Nepal a proud moment, says President Paudel

T-20 World Cup trophy coming to Nepal a proud moment, says President Paudel

Recommended

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

भारती गौतमलाई ‘उत्तमशान्ति पुरस्कार अर्पण’

4 years ago
Startups flourish in Cornell’s clean energy ecosystem

Startups flourish in Cornell’s clean energy ecosystem

4 years ago

Don't Miss

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

यामाहाद्वारा अर्को पुस्ताका लागि तयार नेपालकै पहिलो हाइब्रिड मोटरसाइकल सार्वजनिक

March 23, 2026
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध प्रदीप पौडेलको आग्रह

March 23, 2026
ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

ओम रिजालको दोस्रो उपन्यास ‘पैकेलो’ लोकार्पण

March 23, 2026
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

March 23, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.