Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा

ऐतिहासिक सम्झौतामा हस्ताक्षर, विद्रोही कुर्दिस सेना सरकारी सेनामा मिसिने

Editorial Team by Editorial Team
January 19, 2026
in News, World
0
सिरियाली सरकार र कुर्दिस नेतृत्वको एसडीएफ बिच देशव्यापी युद्धविरामको घोषणा
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

दमासकस – सिरियाली सरकार र कुर्दिस नेतृत्वको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) बिच देशव्यापी युद्धविरामको घोषणा भएको छ।
यो ऐतिहासिक सम्झौतासँगै सिरियाली सरकारले लगभग पूरै देशमा आफ्नो नियन्त्रण कायम गरेको छ। दमासकसमा भएको १४ बुँदे सहमति अनुसार अब विद्रोही कुर्दिस लडाकुहरूलाई सिरियाली सरकारी सेना र राज्यका अन्य निकायहरूमा एकीकृत गरिने भएको हो।
राष्ट्रपति अहमद अल-शरा र अमेरिकी विशेष दूत टम ब्याराकबिचको भेटवार्ता लगत्तै यो घोषणा सार्वजनिक भएको हो। सम्झौता अनुसार कुर्दिसको नियन्त्रणमा रहेका अल-हसाका, देइर एजोर र रक्का जस्ता महत्त्वपूर्ण प्रान्तहरूमा अब सरकारी प्रशासन फर्कनेछ।
वर्षौँदेखि कुर्दिस प्रशासनले चलाउँदै आएका नागरिक निकाय, सीमा नाका र तेल तथा ग्यास खानीहरू अब केन्द्र सरकारको मातहतमा आउनेछन्। बदलामा दमासकसले सन् १९४६ मा फ्रान्सबाट स्वतन्त्र भएयता पहिलो पटक कुर्दिस भाषालाई आधिकारिक मान्यता दिने र कुर्दिस नयाँ वर्षलाई राष्ट्रिय बिदा घोषणा गर्ने वाचा गरेको छ।
एसडीएफ कमान्डर मज्लुम अब्दीले टेलिभिजनमार्फत सम्बोधन गर्दै युद्ध रोक्नका लागि यो सम्झौता अनिवार्य भएको बताएका छन्। अमेरिकाको समर्थनमा इस्लामिक स्टेट (आईएस) विरुद्ध लडेको यो फौजले उत्तर-पूर्वी सिरियामा आफ्नो स्वायत्त शासन चलाउँदै आएको थियो। नयाँ व्यवस्था अनुसार आईएसका हजारौँ विदेशी लडाकुहरू थुनिएका जेल र शिविरहरूको जिम्मेवारी पनि अब सिरियाली सरकारले नै लिनेछ।
यो सम्झौतालाई अमेरिकाले पनि ‘एकीकृत सिरिया’ तर्फको महत्त्वपूर्ण कदम भन्दै स्वागत गरेको छ। केही दिन अघि मात्रै कुर्दिस सेना र सरकारी सेनाबिच झडप भए पनि यो नयाँ सहमतिले वर्षौँदेखिको विभाजन अन्त्य गर्ने अपेक्षा गरिएको छ। सिरियाली राष्ट्रपतिले देशको एक चौथाइ भूभाग र मुख्य स्रोतहरू विद्रोहीको कब्जामा रहनु अस्वीकार्य रहेको बताउँदै आएका थिए। एजेन्सी

Advertisement Banner
Previous Post

पाकिस्तानको कराँचीमा रहेको गुल प्लाजामाभीषण आगलागी: ८ जनाको मृत्यु

Next Post

‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

Editorial Team

Editorial Team

Next Post
‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

‘पवन आलोक नियात्रा सम्मान’नियात्राकार निर्मोही व्यासलाई

Recommended

India gets elected to the Intergovernmental Committee of UNESCO’s 2003 Convention for the Safeguarding of the Intangible Cultural Heritage

India stands with people of Sri Lanka; Extended unprecedented support of over 3.8 bn dollar this year

4 years ago
Rishi Sunak retains his lead, increases his vote share to 115 in third round of vote for UK’s Prime Minister

Rishi Sunak retains his lead, increases his vote share to 115 in third round of vote for UK’s Prime Minister

4 years ago

Don't Miss

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

पशुपतिमा भिक्षा माग्ने फ्रान्सेलीबारे वास्तविकता खुल्यो

April 8, 2026
देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

April 8, 2026
आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज सिँचाइ दिवस मनाइँदै, विविध कार्यक्रम आयोजना गरी मनाइँदै

April 8, 2026
होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

होर्मुज मार्गमा कडाइः इरानको निर्णयले अन्तर्राष्ट्रिय प्रभाव

April 8, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.