Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी

Editorial Team by Editorial Team
November 20, 2025
in Nepal, News, Sports
0
तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगितामा विजेता टिम BAC ले जित्यो १० हजार डलर र ट्रफी
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

-प्रकाश सुवेदी (अमेरिका)

अमेरिकाको भर्जिनिया, मेरिल्याण्ड र वासिङ्टन डिसीलाई कर्मथलो र बासस्थान बनाउँदै आएका सेवानिवृत्त नेपाली अमेरिकन सैनिकहरुको सङ्गठित संस्था `नेपाली मिलिटरी भेटेरन्स क्लब´ (DMV) द्वारा आयोजित तेस्रो भेटेरन्स कप फुटबल प्रतियोगिता नोभेम्बर ८ र ९ मा अमेरिकाको भर्जिनियास्थित मनाससमा सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा टेक्सास, न्युयोर्क, ओहायो, पेन्सिलभेनिया, मेरील्यान्ड र भर्जिनियासहित ६ विभिन्न राज्यका खेलाडीहरुले आ-आफ्ना समूह बनाई भाग लिएका थिए।

खुला समूहमा १४ टिमबिच प्रतिस्पर्धा हुँदा फाइनल खेल बाल्टिमोर एथलेटिक क्लब (BAC) र झापा–XI बीच घम्साघम्सी भएको थियो। निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि पेनाल्टीमार्फत BAC ले ८–७ को जित दर्ज गर्दै १० हजार डलर, ट्रफी र मेडलसहित उपाधि हात पारेको थियो ।
यसैगरि उपबिजेताको पुरस्कार हात पार्न सफल झापा–XI फुटबल क्लब (टेक्सास) ले ५ हजार अमेरिकन डलर सहित ट्रफी तथा मेडल प्राप्त गर्न सफल भयो। त्यस्तै, उमेर समूह ३५+ को फाइनलमा ह्यारिसबर्ग भेटेरन्स एफसी (पेन्सिलभेनिया) ले नोभा रोयल्स एथलेटिक क्लब (भर्जिनिया) लाई ५–२ गोल अन्तरले पराजित गर्दै ५ हजार डलर, ट्रफी र मेडल हासिल गरेको छ। नोभा रोयल्स उपविजेतामा सीमित भई २ हजार डलर, ट्रफी र मेडल पाएको छ।प्रतियोगितामा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, उत्कृष्ट खेलाडी तथा सर्वोच्च गोलकर्तालाई पनि पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको अन्तमा आयोजक संस्थााले प्रतियोगिता सफल बनाउन योगदान पुर्‍याउने सबै टोली, प्रायोजक, सहयोगी, सञ्चारकर्मी तथा दर्शकहरूप्रति आभार प्रकट समेत गरेको थियो।
क्लबका पदाधिकारी सन्दीप बास्तोलाका अनुसार संस्थाको मुख्य उद्देश्य डिसी, बाल्टीमोर र मेरिल्याण्डल क्षेत्रमा रहेका पूर्वसैनिक तथा अमेरिकी सेनामा कार्यरत नेपाली युवाहरुलाई सङ्गठित गरि सोही क्षेत्रमा रहेका नेपालीहरुलाई भ‌ै परि आउने समस्यामा सहययोग गर्ने, खेलकुद र विभिन्न साँस्कृतिक कार्यक्रमहरु मार्फत नेपाललाई विश्व सामू चिनाउने, अमेरिकाको सुरक्षा संयन्त्रभित्र हजारौँ नेपाली युवाहरुले पनि योगदान पुर्याएका छन् भन्ने सन्देश विश्वभरि फैलाउने रहेको छ भने सामाजिक उत्तरदायित्व र सद्भाव विस्तारलाई आफ्नो अर्को महत्वपूर्ण लक्ष्यका रूपमा लिएको छ। साथै संस्थाले गैर नाफामुखी संघसंस्थासँग सहकार्य, स्वयंसेवी सेवा, समुदायमा जनचेतनामूलक अभियान सञ्चालन तथा खेलकुदमार्फत आपसी सम्बन्ध सुदृढीकरण गर्ने योजना पनि अघि बढाएको छ। यसै उद्देश्यलाई व्यवहारिक रूप दिने प्रयत्न गर्दै क्लबले यस पटकको भेटेरन्स कप फुटबल प्रतियोगिता आयोजना गरेको जनाएको छ। खेलकुदमार्फत मैत्रीपूर्ण सम्बन्ध, स्वास्थ्यप्रति चेतना र उदाहरणीय सामुदायिक सहभागिता बढाउने अभिप्राय क्लबको रहेको छ।

Advertisement Banner
Previous Post

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

Next Post

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

Editorial Team

Editorial Team

Next Post
भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

Recommended

IND vs ENG: India beat England by 50 runs in first T-20 International of three-match series in Southampton

IND vs ENG: India beat England by 50 runs in first T-20 International of three-match series in Southampton

4 years ago
Nepal Govt extends tenure of commission probing Gen-Z movement incidents by 20 days

Nepal Govt extends tenure of commission probing Gen-Z movement incidents by 20 days

1 month ago

Don't Miss

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

अबुधाबीको जायद अन्तर्राष्ट्रिय विमानस्थलमा सीमित उडान सुरु

March 6, 2026
नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

नारायण खतिवडाको ‘छहारी’को सार्वजनिक

March 6, 2026
३ हजार ४०६ मध्ये १ हजार ९८६ उम्मेदवारले मात्रै खोले बैंक खाता, ६५ मध्ये ११ दल मात्र पारदर्शितामा अगाडि

डाेल्पामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न, ६६.१६ प्रतिशत मत खस्याे

March 6, 2026
सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

सुशीला कार्की नेतृत्वको सरकारले पूरा गर्यो तोकिएको समयमै निर्वाचन गर्ने जिम्मेवारी

March 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.