छुट्टाछुट्टै सवारी दुर्घटनामा परी छ जनाको मृत्यु  

काठमाडौं, २३ माघ

            काठमाडौं महानगरपालिका-१३ चागलमा बा.३ ख ५३६१ नम्बरको पानी ट्यांकरको ठक्करबाट सोही ठाउँ बस्ने भक्तपुर भक्तपुर नगरपालिका-५ एसिंखेल घर भएका बिजय देउलाकी छोरी ५ वर्षीया रिहाना देउलाको सोमबार दिउँसो मृत्यु भएको छ । ट्यांकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

            रौतहट, चन्द्रपुर नगरपालिका-४ धन्सार पुल नजिकै सडकमा मधेश प्रदेश ०४-००१ प ३५५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा चालक सर्लाही हरिवन नगरपालिका-७ बस्ने ३५ वर्षीय किरण लामा घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको चन्द्र्पुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो । रुपन्देही, लुम्बिनी साँस्कृतिक नगरपालिका-८ सिवगढियामा लु.२ त ४९२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर आइतबार राति दुर्घटना हुँदा ट्याक्टर चालक गैडहवा गाउँपालिका-६ बस्ने ४० वर्षीय जितु हरिजनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा  उपचारको क्रममा मृत्यु भएको हो ।

            यसैगरी रुपन्देही,   लुम्बिनी साँस्कृतिक नगरपालिका-९ तेलारमा लु.१ क ५४७५ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने उमा क्षेत्रीको छोरा ९ वर्षीय माधव क्षेत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।

            बझाङ, केदारस्यु गाउँपालिका-४ बजुवामा सु.प.प्र.०१००१ ख ३०७१ नम्बरको ट्रक र सु.प.प्र.०१००१० प ५३१७ नम्बरको मोटरसाइकल सोमबार बिहान एक-आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-९ झोता बस्ने २५ वर्षीया अमृता खत्रीको घटनास्थलमै मृत्यु भएको छ ।

            कास्की,  पोखरा महानगरपालिका-५ जिरो किमिमा ग.१६ प ६८३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री तनहु म्याग्दे गाउँपालिका-३ कोईरालाथोक घर भएकी ५५ वर्षीया धनमायाँ दर्जीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको क्षेत्रीय अस्पताल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।   

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.