पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निर्णय

एक्काइसौं बीडी त्यागी स्मृति दिवसको अवसर पारेर हरेक वर्ष झैँ २०८१ सालमा पनि बीडी त्यागी स्मृति केन्द्रले पाँच प्रतिभालाई बीडी त्यागी स्मृति सम्मान प्रदान गर्ने निर्णय गरेको छ ।
चैत १५ गते बिहीबार केन्द्रका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको कार्य समिति बैठकले बीडी त्यागी स्मृति सम्मान २०८१ साहित्यकार प्राडा हेमनाथ पौडेललाई ,बीडी त्यागी विशिष्ट सम्मान २०८१ साहित्यकार डा विदुर चालिसेलाई,एक सय एक रुपैया सिक्का रहेको थैली सहित बीडी त्यागी स्मृति पुरस्कार २०८१ साहित्यकार बियोगी बुढाथोकीलाई ,बीडी त्यागी प्रतिभा सम्मान २०८१ साहित्यकार विसुकुमार केसीलाई र बीडी त्यागी योगदान सम्मान २०८१ गीतकार तथा महिला उद्यमी कमला श्री थापालाई प्रदान गरिने भएको छ ।
संस्थाको सल्लाहकार शङ्कर भारतीको संयोजकत्वमा गठित प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको हो ।आगामी बैशाख १९ गते एक कार्यक्रम बीच ती सम्मानहरू अर्पण गरिने केन्द्रका महासचिव निबन्ध आचार्यले जानकारी दिनुभएको छ ।

Comments are closed.