२०८० चैत १५, काठमाडौं । साहित्यिक पत्रकार संघ (Literary Journalist Association)ले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा कृति “सूर्यास्त-विम्ब”को लोकार्पण कार्यक्रमको आज आयोजना गर्यो । सो कृतिको लोकार्पण पूर्व राष्ट्रपति सम्माननीय रामवरण यादवले गर्नु भएको थियो । साथै लेखक श्रेष्ठलाई सम्मान पनि गरिएको थियो । एलिस रिसेप्सन, नक्साल, काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो । श्रेष्ठको उक्त आत्मकथा कृति “सूर्यास्त-विम्ब”का बारे लेखक एवं संविधानविद् काशीराज दहाल, त्रिविविका डिन प्रा. डा. कुशुम शाक्य र पत्रकार डा. जगत नेपालले समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पूर्व राष्ट्रपति सम्माननीय रामवरण यादव, अध्यक्ष लेकाली, लेखक श्रेष्ठ, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का सस्थापक महासचिव एवं इन्हुरेड इन्टरनेसनलका अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटी र पुस्तकका सम्पादक विवश वस्तीले आआफ्नो मन्तव्य राख्नु भएको थियो । सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत गर्नु भएको सो कार्यक्रममा इतिहासविद् प्रा. डा. सुरेन्द्र के. सी., राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)का अध्यक्ष प्रा. कपिल श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्व प्रमुख निर्वाचन आयुक्तहरु भोजराज पोख्रेल र निलकण्ठ उप्रेती मन्चासिन रहनु भएको थियो । कवि एवं पत्रकार ठाकुर बेलवासेले संचालन गर्नु भएको उक्त कार्यक्रममा तीनसय पचास बढी विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
Trending Now
- LOD ranked 50th among the world’s best clubs
- इजरायली सेनाद्वारा गाजाको रफाह क्रसिङ नियन्त्रणमा
- चीनले १८ महिनापछि भारतका लागि नयाँ राजदूत पठाउँदै
- संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु : गृहमन्त्री
- ‘नौमुरे योजना’ को प्रस्ताव फेरि अगाडि बढाउन जरूरी छ : ओली
- स्वदेशी वस्तुको उपभोग अभिवृद्धि गर्न चाँडै निर्देशिका जारी गर्छौं : मन्त्री दामोदर भण्डारी
- एमालेसँग मिलेर सरकार बनाउने विषयमा संवाद गरिएको छैन – कांग्रेस
- US revokes licences for supply of chips to China’s Huawei
- प्रधानमन्त्री ‘प्रचण्ड’ दाँतको परीक्षणका लागि आज दिउँसो वीर अस्पताल पुगे
- World Red Cross Day was celebrated in Nepal
Comments are closed.