यशस्वी प्रज्ञा प्रतिष्ठानले आज एक विशेष कार्यक्रमको आयोजना गरी साहित्यकार गोविन्द गिरी प्रेरणालाई यशस्वी पुस्तक अवार्डबाट प्रदान गरेको छ ।
यशस्वी प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाको सभापतित्व तथा वरिष्ठ समालोचक तथा नेपाली साहित्यका विशिष्ट व्यक्तित्व वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा अनामनगरस्थित सामाजिक विकास समाजको सभाकक्षमा सम्पन्न सो कार्यक्रममा समालोचक वासुदेव त्रिपाठीले ’सुश्री पारिजात’ जीवनी कृतिका लागि यशस्वी बुक अवार्डबाट गोविन्द गिरी प्रेरणालाई सम्मान गरेका हुन् ।
सम्मान मन्तव्यमा समालोचक त्रिपाठीले स्रष्टा गोविन्द गिरी प्रेरणाको लेखनीमाथि प्रकाश पार्दै उनको बहुआयामिक प्रतिभाको प्रशंसा गरेका थिए।कसैको पनि जीवनी लेख्नु सजिलो काम नभएको उल्लेख गर्दै पारिजात जस्ति विशिष्ट प्रतिभाको जीवनी लेखेर उनका बारेमा पाठकलाई जानकारी गराउनु सक्नु गिरीको विशेषता रहेको बताए ।
समारोहमा समालोचक ज्ञानु अधिकारीले ’सुश्री पारिजात’ पुस्तक र सर्जक गिरीको बारेमा संक्षेपमा समीक्षात्मक टिप्पणी गरेकी थिइन् भने साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले स्रष्टा गोविन्द गिरीको संक्षिप्त जीवनीमाथि प्रकाश पार्दै उनको लेखन यात्राका बारेमा बोलेका थिए। गोविन्द केही न केही नगरी बस्न नसक्ने बानी भएको व्यक्ति भन्दै उनले साहित्य लेखनदेखि सम्पादन,सृजना र संगठनमा सधैँ अग्रसर हुने गरेको बताए। गोविन्दले साहित्यको सबै विधामा कलम चलाएर सफल भएको भन्दै उनका दुई दर्जनभन्दा कृतिहरू प्रकाशित भएको बताए। उनका कृतिहरू नेपाली भाषा बाहेक आफ्नै स्वदेशको नेपाल भाषा(नेवारी) लगायत अङ्ग्रेजी,हिन्दी, मलायम आदि अन्य विभिन्न भाषामा समेत अनुवाद भइसकेको कुरा बताए ।
कार्यक्रममा सम्मानित स्रष्टा गिरीले आफ्नो लेखन यात्राबारे चर्चा गर्दै यशस्वी पुस्तक अवार्ड जित्न सफल पुस्तक ’सुश्री पारिजात’ लेख्न शुरू गर्दादेखिको सुख दुःख तथा आत्म सन्तुष्टिका बारेमा संक्षेपमा उल्लेख गरेका थिए ।
प्रतिष्ठानकी अध्यक्ष रञ्जना निरौलाले आफ्नो स्वागत मन्तव्यमा बहुप्रतिभाशाली स्रष्टा गोविन्द गिरीलाई यश्वसी पुस्तक अवार्डबाट सम्मान गर्न पाउँदा खुशी व्यक्त गरेकी थिइन् भने साहित्यकार मातृका पोखरेलले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रमको सञ्चालन साहित्यकार ठाकुर बेल्वासेले गरेका थिए ।
Trending Now
- भागवत खनालको निबन्धसंग्रह ‘आत्मबोध’ लोकार्पण
- पारित भयो राष्ट्रिय सभाबाट सर्वसम्मत बैंकिङ कसुर तथा सजाय विधेयक
- आठ महिनामा थपियो २ खर्ब ४१ अर्ब सरकारी ऋण
- Google agrees to pay $28 million in racial discrimination lawsuit
- 372 prisoner-of-war exchange between Russia and Ukraine
- एनसेल फाउन्डेसनले थाल्यो एनपीएलका चौका वापतको शैक्षिक सामग्री वितरण
- Emergency declaration in Nigeria
- जीवा लामिछानेको तेस्रो कृति ‘अक्षत अन्टार्कटिका’लोकार्पण
- नागरिकका असन्तुष्टि र बेचैनीको समाधान कांग्रेसले गर्छ : गगन थापा
- आजदेखि एसइई सुरु हुँदै, ३७ जना जापानबाट सहभागी हुने
Comments are closed.