राधा पौडेलको उपन्यास ‘मरियम मान्छे भई’ बजारमा

राधा पौडेलद्वारा लिखित किशोर उपन्यास ’मारियम मान्छे भई’ बजारमा आएको छ । नेपालमा ’मर्यादित महिनावारी’को अवधारणा सुरुवात गर्नुभएको लेखकले ’राधा पौडेल फाउन्डेसन’ मार्फत महिला र बालबालिकाको क्षेत्रमा धेरै काम गर्नु भएको छ ।
’मारियम मान्छे भई’ एक मुस्लिम किशोरीको कथा हो । निम्न मध्यम बर्गीय नेपाली समाजमा छोरीहरुले गर्नुपर्ने संघर्ष र भोग्नु पर्ने भुक्तमान उपन्यासको मूल विषय रहेको छ । मासिक रजस्वलाका कारण उसले नियमित रुपमा खुम्चनु परेको कथाको पेटारो हो यो किताब । साथै प्रकृतिले पुरुषभन्दा भिन्न बनाइदिएका कारण मान्छे हुन नपाएको वृतान्त पनि हो । यहाँ मारियमको व्यथा मात्रै पनि छैन । मान्छे बन्नका लागि उसले गरेका विद्रोहको फेहरिस्त पनि छ । समग्रमा मारियम मान्छे बन्न सकेको कथा हो यो । यो पुस्तकका बारेमा लेखक भन्नुहुन्छ – “मारियम मात्र होइन, तपाईं, तपाईको पुस्ता, दरपुस्तालाई मान्छे भएर बाच्नका लागि यो पुस्तक एक अपरिहार्य क्याप्सुल सावित हुनेछ भन्ने अपेक्षा गरेको छु ।“
नेपालमा किशोरपाठक लक्षित पठन सामग्री असाध्यै कम रहेको छ । किशोरवयका पाठकलाई लक्षित गरी उनीहरुकै मनोभावनामा आधारित पुस्तक प्रकाशन गर्ने लक्षअनुरुप यो पुस्तक प्रकाशन भएको हो । यसअघि सांग्रीला बुक्सबाट राधा पौडेलको बाल्यकालीन संस्मरण ’रोल नम्बर एक’ र अनुदित पुस्तक ’सर्जिकल राजोनिवृत्ति’ पनि प्रकाशित छ ।

 

Comments are closed.