महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा

काठमाडौँ । महानवमीका अवसरमा हनुमानढोकामा बली पूजा गरिएको छ

हनुमानढोकामा बिहान कुभिण्डो तथा बोका बलिदिइएको छ । आज

दशैँघर, कोत लगायत विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना गर्ने गरिन्छ । पशुबलि नदिने र शाकाहारीहरूले कुभिण्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवल बलि दिई पायसको होम गर्ने प्रचलन रहेको छ ।

धर्मशास्त्रमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।

Comments are closed.