रम्बास कविता: संक्रान्ति

   संक्रान्ति
***
यो
माघे
संक्रान्ति,
जाडो   सँगै
रम्दैछ   रङ्क।
के खानु  मीठो,
जोहो  छैन  पिठो।
शहरी  कङ्गालीमा
कंक्रिटको  संजालमा
जर्जरता   बाँचेछ   धन्न,
मकर संक्रान्ति  मनाउन।
तरुल,  तिल,    नरिवल,
खोज्नगयो    कन्दमूल,
भेटे    त   मासुपनि,
एकछाक   टार्न।
अद्भुत ईच्छा
संक्रान्तिको
जसरी
टार्छ
ऊ।

टंक सिटौला, भोलाझार, आसाम ।

Comments are closed.