Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ

हिमपातका कारण सीमा प्रहरी चौकी पनि खाली

Editorial Team by Editorial Team
November 30, 2025
in Feature, Nepal, News, Sudurpashchim Province
0
चिसो बढेसंगै मुगु कार्मारोङका १२० परिवारले छाडे गाउँ
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

मुगु । मुगुस्थित पूर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको माथिल्लो बस्तीमा अत्याधिक चिसो बढेपछि करिब १ सय २० परिवारले गाउँ छोडेका छन् ।
कार्मारोङ गाउँपालिकाको वडा नम्बर २ मुगु गाउँमा हावासँगै अत्याधिक जाडो बढेपछि गाउँमा बस्न नसक्ने अवस्था आएको स्थानीयले बताएका छन् । घरमा ताला लगाएर सम्पूर्ण स्थानीय बाहिरिएको गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले बताउनुभयो ।
उहाँका अनुसार गाउँको हेरचाहा र मालमसानको सुरक्षा गर्ने दुई तीन जनाबाहेक अन्य सबै चौपाय वस्तुसहित विभिन्न स्थानमा गएका हुन् । यसरी कार्मारोङ गाउँका स्थानीय मुगुकै सिरानचौर, चितै तिहार बगर, गमगढी गएका छन् भने केही जुम्ला, नेपालगञ्ज र काठमाडौंसम्म गएका छन् ।
समुद्री सतहदेखि करिब ३३ सय मिटर उचाइमा रहेको मुगु गाउँका स्थानीय जाडो मौसममा ६ महिना बेसी र गर्मी मौसममा ६ महिना गाउँमै बस्ने गरेका छन् । पुस माघमा हिमपातले उक्त गाउँ पुरै ढाक्ने गरेको छ । जाडाले गर्दा मंसिरमा गाउँ छोडेका उनीहरु चैत वैशाखमा गर्मी लागेसँगै घर फर्किने गरेका छन् ।
यसैबीच, मुगु गाउँमा रहेको सिमा प्रहरी चौकीमा कार्यरत प्रहरी पनि जाडो कटाउन तल पूलु प्रहरी चौकीतर्फ झरेका छन् ।

Advertisement Banner
Previous Post

प्रलोपाले देशैभर भ्रष्टाचार विरोधी अभियान चलाउने

Next Post

आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

Editorial Team

Editorial Team

Next Post
आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

आज रास्वपा र विवेकशील साझाबीच एकता घोषणा हुँदै

Recommended

4 Holy Relics of Lord Buddha from India to be taken to Mongolia for 11-day exposition as part of celebrations of Mongolian Buddh Purnima

4 Holy Relics of Lord Buddha from India to be taken to Mongolia for 11-day exposition as part of celebrations of Mongolian Buddh Purnima

3 years ago
राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

राष्ट्रपति रनिङ सिल्ड : काठमाडौं महानगरपालिका च्याम्पियन

3 years ago

Don't Miss

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

December 5, 2025
३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

३३ अर्बको सुन किन्यो राष्ट्र बैंकले

December 5, 2025
रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

रूसी भाषामा लेखेको गीता मोदीले पुटिनलाई उपहार दिए

December 5, 2025
If Europe wants to fight, we are ready: Putin

If Europe wants to fight, we are ready: Putin

December 5, 2025
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.