Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा

Editorial Team by Editorial Team
June 10, 2022
in Author, Feature, Nepal
0
वनस्पतिका  कच्चा पदार्थका कलाकृति प्रदर्शनीमा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — प्राकृतिक रेशायुक्त वनस्पतिका कच्चा पदार्थहरुबाट बनेका कलाकृतिहरु प्रदर्शनीमा राखिएका छन् । बबरमलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा नटक्राफ्ट सेन्टर र काठमाडौं विश्वविद्यालयको कला विभागले संयुक्तरुपमा प्रदर्शनी आयोजना गरेका हुन् ।

शुक्रबारसम्म चल्ने प्रदर्शनीमा स्थानीयस्तरमै उपलब्ध हुने प्राकृतिक कच्चा पदार्थहरुबाट तयार गरिएका चित्र, मूर्तिदेखि घरको भित्री सजावटका लागि प्रयोग गरिने कलाकृतिहरु छन् । सजिलै पाइने वनस्पतिका कच्चा पदार्थलाई उपयोग गरी विगत तीन दशकभन्दा लामो समयदेखि नटक्राफ्ट सेन्टरले हस्तकला तथा शिल्पकलाका सामग्रीहरु उत्पादन गर्दै आएको छ ।

पराल, छ्वाली, मकैको खोस्टा, बाँस, केराको रेशा, सेरामिक फाइबर जस्ता कच्चा पदार्थहरुबाट बनेका घर सजावट तथा दैनिक प्रयोगमा ल्याउन सकिने हस्तकलाका सामग्रीहरुलाई आधुनिक डिजाइन र शैलीमा ढालिएका छन् । गोपाल कलाप्रेमी, सुशीला सिंहजस्ता कलाकारहरुका सेरामिक कलाकृतिहरु प्रदर्शनीमा छन् । प्रदर्शनीमा नेपाली परम्परागत सिप, कौशललाई कलासँग जोडिएको सामग्री छन् ।

नेपाली संस्कृति, परम्परा र परिवेशसँग जोडिएको हाम्रा मौलिक सीप र कलालाई नयाँ पुस्तामा शैक्षिक तथा प्राज्ञिक तहबाट नै लैजाने उद्देश्यले काठमाडौं विश्वविद्यालयको कला विभागसँग सहकार्य गरिएको सेन्टरमा आबद्ध माया राईले बताइन् । सेन्टरले विशेषगरी नेपालको सामुदायिक स्तरको पहुँचमा पुगेर देशको सांस्कृतिक पहिचान, वातावरण संरक्षण र महिला सशक्तीकरणलाई जोडेर विभिन्न हस्तकला र शिल्पकलाई जोड दिइरहेको छ । ‘हाम्रो कलाकृति र हामीले बनाउने सामग्रीहरु हाम्रै गाउँघरमा उपलब्ध छन्,’ उनले भनिन्,‘यसले हाम्रो संस्कृति, सीप र वातावरण संरक्षणलाई समेत प्रवर्द्धन गर्ने भएकोले हाम्रो नयाँ पुस्ताले सिक्न जरुरी छ ।’

Advertisement Banner
Previous Post

चित्रकलामै व्यस्त डिल्लीकृष्ण आले

Next Post

‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

Editorial Team

Editorial Team

Next Post
‘सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

'सम्झनामा तारानाथ शर्मा’ पुस्तक लोकार्पण

Recommended

चिनियाँ कम्पनीले ४ खर्ब ३० अर्बको नोट छाप्न ठेक्का पायो

Nepal Rastra Bank tightens collateral seizure rules, reduces provisioning pressure on banks

5 months ago
प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

प्रधानमन्त्री सुशीला कार्कीले बोलाइन राष्ट्रिय सुरक्षा परिषदको बैठक

5 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.