Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक

Editorial Team by Editorial Team
July 5, 2022
in Book Releases, Nepali Festival, Sudurpashchim Province
0
डोट्याली लोक देवता र जाँत सौन्दर्य“सार्वजनिक
0
SHARES
26
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजको आयोजना र उद्योग ,पर्यटन, बन तथा वातावरण मन्त्रालयको प्रायोजनमा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक दुर्गा प्रसाद जोशी र अध्येता मीन बहादुर राणाद्वारा लिखित समग्र सुदूरपश्चिम प्रदेशको साँस्कृतिक प्रतिनिधि मुलक कृति “ डोट्याली लोक देवता र जाँत सौन्दर्य“ को लोकार्पण गरिएको छ ।

शनिबार सुदूरपश्मि प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मंन्त्री मान बहादुर धामीले डोट्याली लोक देवता र जाँत सौन्दर्य“ को लोकार्पण गर्नु भएको हो । मन्त्री धामीले लोक संस्कृतिका अनेक विधाहरू लोप हुने अवस्थामा पुगेको बताउदै साँस्कृतिक निधिहरू हाम्रा पहिचान भएकाले संरक्षणमा लाग्नु पर्ने बताउनु भयो । पहिचान नै संकटाभिमुख अवस्थामा पुगेको बेला “डोट्याली लोक देवता र जाँत सौन्दर्य“ कृति उदाहरणीय रहेको बताउनु भयो ।

सदूरपश्च्मि साहित्य समाजका अध्यक्ष तिर्थराज पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृतिका श्रष्टा दुर्गा प्रसाद जोशीले मस्टो र केदार सँस्कृतिको सुदूरपश्चिम क्षेत्रमा कसरी प्रादुर्भाव भयो, मस्टो र केदार सँस्कृतिका बिचमा किन युद्ध र विवाद भयो, डोटी राज्यका राजा नाग मल्लले सुपका लोक देवताहरूसंग किन युद्ध गरे र पछि मस्टो र केदार सँस्कृतिका मानिसहरू आपसमा मिलेर बसिरहेका र हालको सँस्कृतिमा पनि केदार र मष्टो सँस्कृति विद्यमान रहेको बताउनु भयो ।

कार्यक्रममा नाटा सुदूरपश्चिम प्रदेशका अध्यक्ष एवम् सँस्कृतिकर्मी मायाप्रकाश भट्टले सुपको मौलिक सँस्कृति संरक्षण हुनु आवश्यक भएको बेला प्राज्ञ एवम् अध्येताले अध्ययन अनुसंधान गरेर यस्ता कृति प्रकाशित गर्नु प्रसंशनीय कार्य भएको बताउर्दै े अध्येताहरूलाई नाटा सुदूरपश्चिमले सक्दो सहयोग गर्ने बताउनु भयो । नेपाल सँस्कृति तथा साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज जोशीले यस्ता विषयामा अध्ययन अनुसंधान गर्ने स्रटाहरूलाई सम्बन्धित मन्त्रालयहरूले सहयोग गर्नुपर्ने बताउनु भयो ।

साहित्यकार प्राध्यापक गणेशराज जोशीले यो कृति भविष्यमा अनुसंधान कर्ताहरूलाई अन्वेषणको लागि कोशेढुंगो हुने बताउनु भयो । कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. राजेन्द्रबीर चन्दले संस्कृतिका क्षेत्रमा यो पहिलो पटक अनुसंधानात्मकक कृतिका रूपमा आएको बताउदै सुपको मौलिक संस्कृतिबारे अध्ययन अनुसंधानको शुरुवात भएको बताउनु भयो । ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टले समाजमा सामाजिक मूल्य मान्यता माथि वैदेशिक प्रभाव परिरहेको बेला यो कृतिले समाजमा पुर्जागरण ल्याउने बताउनु भयो ।

नेपाल नागरिक उड्ड्यन प्राधिकरणका प्रमुख राम्कृष्ण भट्टले सामाजिक एकताका लागि यस्ता अनुसंधानहरूले महत्वपूर्ण भूमिका खेल्ने र यस्ता कार्यका लागि आफ्नो कार्यालयबाट सधै सहयोग हुने बताउनु भयो । नेपाल शिक्षक संघका संघीय उपाध्यक्ष लक्ष्मणदत्त भट्टले लोकदेवता आस्थाका धरोहर भएको बताउदै स्रस्टाले उजागर गर्नु राम्रो विषय भको बताउदै सुदूरपश्चिममा जाँत परम्परा मह्त्वपूर्ण भएको बताए ।

दशै तिहार भन्दा पनि जाँत परम्परा बढी आकर्षक र महत्वपूर्ण रहेको कुरा श्रष्टाले सुपको पहिचानलाई नया कोणबाट बाहिर ल्याएको बताउनु भयो । प्राज्ञ बासुदेव पाण्डेयले स्रष्टाहरूले अनुसंधान महत्वपूर्ण रहेको भन्दै यसलाई अझ महत्वपूर्ण बनाउन आफूले पनि अनुसंधानात्मक सहयोग गर्ने बताउनु भयो । मन्त्रालयका पर्यटन एकाईका प्रमुख रामकृष्ण भट्टले सुपको पर्यटन प्रवर्द्धनमा यो कृतिले टेवा पु¥याउने बताउनु भयो ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्ट्रार डा. हेमराज पन्तले सुदूरपश्चिमको भाषा संकटमा रहेको बताउदै पहिलो आवश्यकता यसको व्याकरण निर्माण भएको बताउनु भर्यो । संघीयता आईसकेपछि पहिचानलाई सशक्त बनाउनु पर्ने बताउदै तराईमा थारू सांस्कृति र पहाडी र हिमाली संकृति रहेको बताउनु भयो । सबै सँस्कृतिलाई संरक्षण सम्बर्द्धन गर्न र अनुसंधान गर्न यो कृतिले प्रेरणा दिने उनले बताउनु भयो । कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण कडायतले गर्नु भएको थियो भने संचालन दुर्गालक्ष्मी क्याम्पसका बिष्णु महराले गर्नु भएको थियो ।

 

Advertisement Banner
Previous Post

फिल्म तथा टीभी स्कुलको उद्घाटन राजेश हमाल र नीति शाह गरे

Next Post

रम्बास् कविता:सीमाना

Editorial Team

Editorial Team

Next Post
रम्बास् कविता:सीमाना

रम्बास् कविता:सीमाना

Recommended

Sweden decides to formally apply to join NATO

UK welcomes Sweden and Finland’s NATO membership plans

4 years ago
Bangladesh : Language movement veteran, lyricist of ‘Amar Bhaiyer rokte Rangano’ Abdul Gaffar Chowdhury passes away

Bangladesh : Language movement veteran, lyricist of ‘Amar Bhaiyer rokte Rangano’ Abdul Gaffar Chowdhury passes away

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.