Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Author

‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री

himalaya Diary News Service by himalaya Diary News Service
March 13, 2022
in Author, Book Releases, Feature, Literary Festival & Event, Literature, Nepal, News
0
‘एकान्त भीड’ लिएर आए कवि अमृत छेत्री
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

फागुन,२८,२०७८,पोखराः युवाकवि अमृत छेत्रीको कविताकृति ‘एकान्त भीड’ लोकार्पण भएको छ । पुछारसिटे अभियानद्वारा आयोजित समारोहमा शनिबार वरिष्ठ साहित्यकार सरुभक्त र कवि तीर्थ श्रेष्ठले कृति लोकार्पण गरे ।

सरुभक्तले कविता लेखनमा कविले स्वतन्त्र उडान गर्न पाउनुपर्ने बताए । कविता स्वयंमा शालीन र कोमल हुने भएकाले कवितालाई कित्ताकाट गर्न नहुने कुरामा उनको विशेष जोड थियो । कविलाई सीमामा बाँध्नु उचित नहुने उल्लेख गर्दै उनले कविता पढ्ने मन त्यति सुन्दर हुनुपर्छ जति भीरमा फुलेको फूल हेर्ने आँखा सुन्दर चाहिन्छ । नेपाली कवितामा अमृतको उपस्थिति निकै भरोसालाग्दो बनेर उभिएको बताउँदै उनका कवितामा जीवन र समाजको सुन्दर प्रतिबिम्ब आएको बताए ।

कवि तीर्थ श्रेष्ठले सूत्रात्मक अभिव्यक्तिमा कविता बुन्न कवि अमृतले कुशलता देखाएको बताए । कविता आफैँमा छोटो अभिव्यक्ति भएकाले यसलाई अनावश्यक शब्दको बोझ बोकाउनु उचित नहुने कुरामा उनले विशेष जोड दिए । कवि सरस्वती श्रेष्ठ ‘सरू’ले कवि अमृत पछिल्लो समय निकै क्षमतावान् बनेर उदाएकोमा आफूलाई खुसी मिलेको बताइन् ।

 

समीक्षक सञ्जीव पौडेलले कविता संग्रहमा कवि अस्तित्ववादी, विसंगतिवादी, प्रकृतिप्रेमी, देशभक्तिको भावना प्रमुख रूपमा मुखरित भएको सुनाए । उनले बहुविषयमा आधारित रहेर कोमल अभिव्यक्ति दिने कार्यमा कवि अमृत सङ्ग्रहमा सफल रहेको बताए । कवितामा कोमलता हराउँदै गएको वर्तमान अवस्थामा अमृतले त्यसलाई फेरि जगाउने कार्य गरेको भन्दै उनका कवितामा दार्शनिकता प्रमुख विशेषता बनेर उपस्थित भएको कुरा व्यक्त गरे । कृतिले कोमल, शिक्षित र बौद्धिक पाठकको अपेक्षा गर्नेसमेत बताए । अमृतका कवितामा सहरीकरणको रुखोपन, आमाको महानता, राजनीतिक विकृतिमाथिको शालीन विद्रोह, वैदेशिक रोजगारका व्यथा आदि विषय र स्वर प्रमुख रूपमा अभिव्यक्त भएको बताए ।

 

कवि अमृतले आफ्ना कविताका रचना गर्भ र जीवनका अनुभूतिहरू सुनाए । कार्यक्रममा कवि ईश्वरमणि अधिकारी, दीपक समीप, चन्द्रवीर तुम्बापो, मीना श्रेष्ठ, मोहन भण्डारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

Advertisement Banner
Previous Post

Innovation in genetic technologies rewarded by UNESCO-Equatorial Guinea International Prize for Research in Life Sciences

Next Post

संगीतकार दीपक जंगम पुरस्कृत

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
संगीतकार दीपक जंगम पुरस्कृत

संगीतकार दीपक जंगम पुरस्कृत

Recommended

United States faces major Flight Disruptions due to Winter Storm

United States faces major Flight Disruptions due to Winter Storm

2 weeks ago
Nepal minister supports demand to declare country a Hindu state

Nepal minister supports demand to declare country a Hindu state

4 years ago

Don't Miss

Understanding GEO and Why It Matters for Complete Visibility

January 7, 2026
Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees;  Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

Kalinga Literary Festival 2026 Announces Its Prestigious Literary Awardees; Ranjana Niraula to recive Kalinga Literary Award (Youth), International Living Legend Award 2026 to Dr. Binod Chaudhury

January 7, 2026
Trump says US will run Venezuela after Maduro seized

President Trump announces Venezuela to transfer 30-50 million barrels of sanctioned oil to US

January 7, 2026
Bangladesh to import 180k tonnes of diesel from India

Bangladesh to import 180k tonnes of diesel from India

January 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.