Browsing Category

Nepali

कविता: दुर्दिनको यौटा दृश्य / दुर्गालाल श्रेष्ठ

रात गयो, बिहान आउला, के–केन गरूँ झैँ कत्रो आस । तर खै?... न मिर्मिर, न चिर्बिर न गतिमा गति छ न जीवनमै जीवन; विरक्तिको बर्कोभित्र, चिहानी सन्नझैँ चुपचाप छ वातावरण । घरी–घरी भित्र असह्रय शूलको चस्को दिँदै मृत्युको हातझैँ रिङ्दै छ…
Read More...

कविता: आदि / तोया गुरुङ

अँध्यारोमा वेदाङ्कनि उदाई दियोको सलेदो छोटो- तेलको किमत महँगो छ । मैनवत्तीको शिखा पग्लन्छ निरन्तर मुद्राको मोल कति नै र मान्छेको भूगोल सस्तो सहरमा मान्छेको अँध्यारो मन त्यो मन लोडसेडिङ कहिले उज्यालो हुन्छ न मस्र्याङ्दी न कालीगण्डकी…
Read More...

कविता: आज नतमस्तक भएको छु / धुस्वाँ साय्‌मी

आज नतमस्तक भएको छु आफ्नै अगाडि निकै वर्षदेखि सुतेको मेरो ‘म’ ब्युँझेको छ आज फेरि किनभने आज मैले चोरढोकाबाट हैन भित्रिएर सदर ढोकाबाट सब थोक भनिदिएँ |
Read More...

कविता: समय घर्किरहेछ / दैवज्ञराज न्यौपाने

१ बालकहरूको मृदु रोदन तरुणहरूको हँसाइ अनि बूढा बूढीको सोचाइमा अविरलताको गीत भर्दै भर्दै जीवनका पलापला काटी कयौं परिस्थितिका थकाइले समय घर्किरहेछ। २. यहाँ रात जान्छ बिहान हुन्छ, भरदिनको दौडले सन्ध्याको काख खुल्छ, आज र भोलिका…
Read More...

शान्तिको ध्वनि छर्दै जाऊ / चाँदनी शाह

पुस माघ महिनाको जस्तो पारिलो घाम बनेर यो आकास धरतीबिचको कुहिरो हटाइदेऊ तिमी ध्रुवतारा जस्तै सधैं सत्य अटल अमर बनेर विकासका लक्ष्य र बाटाहरू पहिल्याइदेऊ तिमी यी पाइलाहरू तिम्रा सधै बढिरहून यसरी नै हर गाउँ गोठ आगन पँधेरीमा पुगिदेऊ तिमी…
Read More...

कविता: खण्डिताको गुलाबी छेड / चक्रपाणि चालिसे

नाथ ! नाथ ! भनि विसमयसाथ, कष्टले वितिसक्यो सब रात । बल्ल दर्शन मिल्यो कुनचार्ही, काममा भुलनुभो र-त-पाई ।।१।। रातमा घुमि घुमीकन अन्न हन्त !! भो-कि-तब(ब) भारि लडन्त । छैन तेज मुखमा, अति खिन्न चेहरा पनि छ आज विभिन्न ।।२।। धूर्त-को-सँग…
Read More...

कविता:आमाको सपना / गोपालप्रसाद रिमाल

आमा, त्यो आउँछ र? “हो, बा, त्यो आउँछ। तयो बिहानको सूर्यझैँ उज्यालो छर्दै आउँछ। त्यसको कम्मरमा झुन्डिएको शीतजस्तै टल्कने तिमी एक हतियार देख्नेछौ; त्यसैले ऊ अधर्मसित लड्नेछ! त्यो आउँदा तिमी पहिले त सपना हो कि भनेर छामछुम गर्नेछौ, तर…
Read More...

कविताःयमुनाको चिता / केदारमान व्यथित

हेर, जलेको भारतको आजादीको मूर्त कहानी ! दन्‌दन् दिनको तिमिरविनाशक कथा जलेझैं सान्ध्य-चितामा अवनी, अम्बर टुहुरा पारी निष्ठुरताको काल-चितामा हेर, जलेको भारतको आजादीकी मूर्त कहानी ! भारतसँग गुनको सिरपाउ थापी प्राण-विनाशक गोली…
Read More...

कविता: प्रिय सखा ! / कृष्ण सेन ‘इच्छुक’

ए, मेरो प्रिय सखा ! जीवनसङ्ग्रामको यस दौरानमा एकै यात्राका सहयात्री हामी अहिले हाम्रो साथ तिमी नरहे पनि मुक्तिका लागि विश्वभर लडिरहेका योद्धाहरूको वीरतापूर्ण कथाहरूमा एउटा कथा तिम्रो पनि थपिनेछ न्यायका लागि संसारभर लडिरहेका जनताको…
Read More...

कविता: पुरानो झ्याल / गगन विरही

टाढा धेरै टाढासम्म झ्याल बन्द भएको धेरै भयो सुदूर क्षितिजको अथाह लिपोट् सुन्दर कलालारिताको भित्तामा टांगिएको अदभुत फ्रेम तिमीनै थियौ पूर्व पश्चिमको दोहोरो घाममा सन्दुक भएर निस्केको धुँवा थियौ । म चमक वर्षा मार्फत स्थानांतरण,…
Read More...